काठमाडौ, पुुस २३
नेपालका लागि दक्षिण कोरियाका नवनियुतm राजदूत पार्क चोङग सुक र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ तथा पदाधिकारीबिचको छलफलमा राजदूत सुकले आफ्नो कार्यकालमा नेपाल तथा कोरियाबिच द्धिपक्षीय आर्थिक सम्वन्धलाइ प्रवद्र्धन गर्न कोरिया व्यापार तथा लगानी प्रवद्र्धन एजेन्सी (कोट्रा ) संग चेम्वरको सहकार्यको लागि पहल गर्ने र दुइ मुलुकबिच सूचना आदानप्रदान गर्ने सम्वन्धी सहकार्यको लागि आफुले प्रयाश गरेको बताए । कोरियाबाट प्रशिक्षित कामदारहरु नेपाल फर्किने भएकोले उनीहरुले सिकेको ज्ञान तथा सीप नेपालको लागि उपयोगी हुने बताए । साथै कोरियामा रोजगारीको लागि सरल सहज व्यवस्थाका लागि पहल गर्ने बताए ।
सो अबसरमा नेपाल चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले राजदूत सुकको कार्यकालको सफलताको कामना गर्दै, चेम्बरले आफ्नो सात दशकको लामो, गतिशील र सार्थक कार्य गरी व्यापार तथा लगानी विकाशका लागि पैरवीगरि रहेको बताए । सन् २०१५ देखि चेम्बर एक्सपो नियमित रुपमा गरिरहेको, दक्षिण कोरिया संग कुटनीतिक संम्बन्ध स्थापनापछि व्यापार, लगानी, पर्यटन प्रवद्र्धनमा उल्लेखनिय विकाश भएको तर नेपालबाट दक्षिण कोरिया संग व्यापार घाटा प्रत्येक बर्ष बढ्दै गएको बताए ।
दुबै देश वीचमा आर्थिक संम्बन्ध अभिवृद्धि गर्नको लागी नेपाल चेम्बर र कोरिया चेम्बबिच समझदारी पत्रमा हस्ताक्षर, लगानी तथा पर्यटन प्रवद्र्धन, दक्षिण कोरियाको प्रविधी नेपालमा भित्रयाउने, व्यापारिक प्रतिनिधी मण्डलको आदानप्रदान, शीप विकास र प्रशिक्षण, कृषि क्षेत्रको विकाश, कोभिड १९ पछिको आपसी सहयोग आदी क्षेत्रहरुमा दक्षिण कोरियाबाट सहयोग, प्राविधिक सहायता आउने अपेक्षा एंव विश्वास अध्यक्ष श्रेष्ठले राखे । उतm स्वागत कार्यक्रममा नेपाल चेम्वरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल उपाध्यक्षद्धय कमलेश कुमार अग्रवाल, दिपक कुमार मलहोत्रा एवं कार्य समितीका सदस्यको पनि सहभागिता रहेको थियो ।