neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • जिल्ला सरकारी वकिलको कार्यालय निर्माण

जिल्ला सरकारी वकिलको कार्यालय निर्माण

Jan 7th, 2021

काठमाडौ, पुुस २३

जिल्ला सरकारी वकील कार्यालय, बाजुराको नवनिर्मित भवन बाजुरा जिल्लाको बडीमालिका नगरपालिका वडा नं. ९ स्थित कार्यालयको आफ्नै नाममा रहेको १‚२२५ वर्ग मिटर जग्गामा निर्माण भएको छ। नवनिर्मित यस कार्यालयको ३ तले भवनमा जम्मा १७ वटा कोठाहरु रहेकाछन ।

पहिलो तलामा स्टोर तथा अभिलेख कक्ष, मिटिङ हल, थुनुवा कक्ष र पाले पहरा कक्षरहेका छन। त्यसैगरीदोस्रो तलामा जिल्ला न्यायाधिवक्ता र सहायक जिल्ला न्यायाधिवक्ताको कार्यकक्ष, हेल्प डेस्क‚ बयान कक्ष, मुद्दा फाँट तथा साक्षी भेटघाट कक्ष, प्रशासन र लेखा कक्ष रहेका छन् भने भवनको तेस्रो तलामा कार्यालय प्रमुखको आवास रहेको छ। मिति २०७७।०८।०२ गते सम्म बाजुरा जिल्ला बडिमालिका न.पा. वडा नं.८ मा भाडामा रहेको भवनबाट सेवा प्रवाह गर्दै आएकोमा मिति २०७७।०८।०३ गते देखि नवनिर्मित भवनबाट कार्यालयका सम्पूर्ण काम कारवाही संचालन हुँदै आएको व्यहोरा सादर निवेदन गर्न चाहान्छु । भवन निर्माण स्टिमेट रकम रु.३ करोड ९४ लाख ६ हजार ७ सय १२ रुपैयाँ ६७ पैसा रहेकोमा निर्माण कम्पनीसँग (भ्याट बाहेक) रु. १ करोड ७३ लाख २९ हजार २१७ रुपैयाँ ९० पैसामा निर्माण सम्झौता भएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi