neapl investment mega bank
  • गृहपृष्ठ
  • ५ हजार १३२ जनाको नमूना परीक्षण गर्दा ४१२ जनामा कोरोना सङ्क्रमण

५ हजार १३२ जनाको नमूना परीक्षण गर्दा ४१२ जनामा कोरोना सङ्क्रमण

Jan 7th, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, २३ पुस

बिहीबार थप ४१२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा ५ हजार १३२ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या २ लाख ६३ हजार ६०५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार १३२ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ३४२ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ५ हजार ५८ जना छन् । हालसम्म १९ लाख ६९ हजार २९२ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ५८३ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ५८३ जनाले कोरोना जितेका छन् ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या २ लाख ५६ हजार ६४४ पुगेको छ ।

नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ९ सय ३ पुगेको छ। बिहीबार मात्रै ४ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।