neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा चोरीपैठारीको सामानसहित पक्राउ

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामानसहित पक्राउ

Jan 6th, 2021

कैलाली, पुुस २२

कैलाली जिल्लाको टिकापुर नगरपालिका ८ बनगाउँ स्थित सीमा ईलाकाबाट पौष २१ गते एपीएफ टोलीले करीव ६ लाख २५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको कस्मेटिक सामान र लत्ताकपडासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको टिकापुर नगरपालिका २ विजयनगर बस्ने २३ वर्षिय रन्जु चौधरी र सोही नगरपालिका १ बस्ने २२ वर्षिय सागर चौधरी छन् । भारतबाट से १ च २१४८ नम्बरको बलेरो जीपमा राखी अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त सामानसहित उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खक्रौलाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

त्यसवेला उल्लेखित सामान ल्याउन प्रयोग भएको उक्त बलेरो जीप समेत बरामद गरेको छ । बरामद जीपको भन्सार दाखिला मुल्य ९ लाख रुपैयाँ रहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi