neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • मोटरसाइकल चोरी गर्ने २ जना नयाँबजार र बालाजुबाट पक्राउ

मोटरसाइकल चोरी गर्ने २ जना नयाँबजार र बालाजुबाट पक्राउ

Jan 4th, 2021

काठमाडौ, पुुस २०

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने दुुई जनालाई मोटरसाईकलसहित पक्राउ गरेको छ । पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले नयाँबजारस्थित सडक खण्डबाट आयुष थापामगर र बालाजुस्थित सडक खण्डबाट रोशन लामिछाने सवार गरीरहेको मोटरसाईकलसहित आईतबार पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिनुभयो ।

नयाँबजार सडकखण्डबाट जिल्ला धादिङ्ग त्रिपुरा सून्दरी गाउँपालिका वडा नं. ५ चैनपुर बस्ने वर्ष २२ को आयुष थापा मगरलाई प्रदेश ३ को कालो रातो रंगको २२० सी.सी.को पल्सर मोटरसाईकल सहित पक्राउ गरेको महाशाखाले जनाएको छ । अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं. लु ५२ प ७३३५ खुल्न आएको छ । उक्त नम्वरको मोटरसाईकल मिति २०७६।०५।०६ गते काठमाण्डौ ठमेलस्थित भगवानबाहाल मन्दिर अगाडि पार्किङ्गस्थलबाट हराएको हुँदा खोजतलास गरिपाउँ भनि कुमार रानामगरले निवेदन यस महाशाखामा दिएको थिए । उक्त निवेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, लैनचौर पठाईएको महाशाखाले जनाएको छ । त्यस्तै, काठमाडौ बालाजु सडकखण्डबाट जिल्ला दोलखा भिमेश्वयर नगरपालिका वडा नं. ३ भिमफेदी घर भई हाल काठमाण्डौ रानिवन बस्ने वर्ष २४ को रोशन लामिछानेलाई बागमती प्रदेशको कालो रातो रंगको २२० सी.सी. को पल्सर मोटरसाईकलसहित पक्राउ गरिएको छ ।

उक्त नम्वरको मोटरसाईकल मिति २०७७।०८।१४ गते काठमाण्डौ बनस्थलीबाट हराएको ले खोजतलास गरिपाउँ भनि रामकृष्ण ढकालले हुलियासहितका ेनिवेदन यस महाशाखामा दिएको थिए । उक्त निवेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरीवृत्त, बालाजु पठाईएको छ ।

महाशाखाले यस पौष महिनामा मात्रै ४१ वटा मोटरसाइकल अनुसन्धानको लागि ल्याएको छ भने चोरीमा संलग्न ११ जना व्यक्तिहरूलाई पक्राउ गरी मुद्दा समेत चलाईसकेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi