neapl investment mega bank
  • गृहपृष्ठ
  • ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको अध्यक्षमा पद्मिनी प्रधानाङ्ग निर्वाचित

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको अध्यक्षमा पद्मिनी प्रधानाङ्ग निर्वाचित

Jan 4th, 2021

काठमाडौ, पुुस २०

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको अध्यक्षमा पद्मिनी प्रधानाङ्ग निर्वाचित भएकीछन । संस्थाको आज सम्पन्न भएको २५ औँ वार्षिक साधारण सभाले पूर्वमहासचिव प्रधानाङ्गलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

कार्यसमिति सदस्यमा मुकुन्द बहादुर प्रधान, किरण थापा, बुद्धिनारायण श्रेष्ठ, कृष्ण ज्ञवाली, आर्या श्रेष्ठ पुनः निर्वाचित भएका छन् । नयाँ समिति सदस्यको रुपमा डा. सागरराज शर्मा, मदनकृष्ण शर्मा र राष्ट्रिय व्यावसायिक पहल निर्वाचित भएका छन् । सभाले संस्थाको आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रगति प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि पारित गरेको छ ।

सभाद्वारा पारित संस्थाको वार्षिक प्रतिवेदनमा नागरिकले भ्रष्टाचार बढ्दो रहेको अनुभव गरेकाले सरकारको भ्रष्टाचार विरुद्धको सून्य संवेदनशिलता नारामा मात्र सीमित रहेको उल्लेख गरिएको छ । प्रतिवेदनमा संघीय संरचनामा लोकतान्त्रिक व्यवस्था सुदृढ हुने र आम नागरिकको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पर्ने अपेक्षा व्यवहारमा कार्यान्वयन हुन नसकेको धेरैले अनुभव गरेको उल्लेख गरिएको छ । सभाले संस्थाको सक्रियता र प्रभावकारिता अझ बढाउनुपर्नेमा जोड दिएको छ ।