काठमाडौ, पुुस २०
ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको अध्यक्षमा पद्मिनी प्रधानाङ्ग निर्वाचित भएकीछन । संस्थाको आज सम्पन्न भएको २५ औँ वार्षिक साधारण सभाले पूर्वमहासचिव प्रधानाङ्गलाई अध्यक्ष पदमा निर्वाचित गरेको हो ।
कार्यसमिति सदस्यमा मुकुन्द बहादुर प्रधान, किरण थापा, बुद्धिनारायण श्रेष्ठ, कृष्ण ज्ञवाली, आर्या श्रेष्ठ पुनः निर्वाचित भएका छन् । नयाँ समिति सदस्यको रुपमा डा. सागरराज शर्मा, मदनकृष्ण शर्मा र राष्ट्रिय व्यावसायिक पहल निर्वाचित भएका छन् । सभाले संस्थाको आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रगति प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि पारित गरेको छ ।
सभाद्वारा पारित संस्थाको वार्षिक प्रतिवेदनमा नागरिकले भ्रष्टाचार बढ्दो रहेको अनुभव गरेकाले सरकारको भ्रष्टाचार विरुद्धको सून्य संवेदनशिलता नारामा मात्र सीमित रहेको उल्लेख गरिएको छ । प्रतिवेदनमा संघीय संरचनामा लोकतान्त्रिक व्यवस्था सुदृढ हुने र आम नागरिकको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पर्ने अपेक्षा व्यवहारमा कार्यान्वयन हुन नसकेको धेरैले अनुभव गरेको उल्लेख गरिएको छ । सभाले संस्थाको सक्रियता र प्रभावकारिता अझ बढाउनुपर्नेमा जोड दिएको छ ।