neapl investment mega bank

एकैदिन ८८ अंकले बढ्यो नेप्से

Jan 3rd, 2021

काठमाडौ, पुुस १९

नेप्से उच्च अंकले बढेको छ । आज आईतबार नेप्से ८८ दसमलव १२ अंकले बढेर २१ सय ७५ दसमलव ३९ अंकमा चढेकोमा सेन्सिटिभ पनि १७ दसमलव १८ अंंकले बढेर चार सय १५ दसमलव ८८ अंकमा चढेको छ । नेप्सेमा आज दुुई सय १२ वटा कम्पनीहरुको ५४ हजार छ सय ९८ पटकको कारोवारमा एक करोड ४० लाख २६ हजार आठ सय ८६ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम छ अर्ब ३४ करोड ४० लाख १७ हजार आठ सय ८९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा १२ वटै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ७० दसमलव ९२ अंकले बढेर १६ सय ५६ दसमलव १४ अंकमा पुुग्दा बिकास बैंक, जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा हिमालयन डिष्ट्रिलरी प्राली परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा राधी जलबिद्युत कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।