neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • खुकुरी प्रहार गरि लुटपाट गर्ने गिरोह पक्राउ

खुकुरी प्रहार गरि लुटपाट गर्ने गिरोह पक्राउ

Jan 2nd, 2021

काठमाडौ, पुस १८

खुकुरी प्रहार गरि लुटपाट गर्ने गिरोह पक्राउ परेको छ । महानगरीय अपराध महाशाखा मिनभवनले लुटपाट कार्यमा संलग्न रहेका पाँच जना व्यक्तिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौ महानगरपालिका वडा नम्पर २७ बस्ने २९ बर्षिय रोहन नेपाली शाही, जुम्लाको सिञ्जा घर भई हाल काठमाडौ चक्रपथ बस्ने २६ बर्षिय हरि शर्मा, काठमाडौको थानकोट भर भई नरदेशी बस्ने २२ बर्षिय अभय तुलधार, काठमाडौ नरदेवी बस्ने २७ बर्षिय अमित तुलाधर र काठमाडौ नरदेवी नै बस्ने १८ बर्षिय रोहित शाही रहेकाछन ।

प्रहरीका अनुसार यही पुुस १५ गते अपरान्ह तीन बजेको समयमा का.जि. मैतिदेवि स्थित सन्दुस बचत तथा ऋण सहकारी संस्थामा मार्केटिङको काम गर्ने का.जि. कपन बस्ने २५ बर्षिय प्रेम गजमेरले मार्केटबाट कलेक्शन गरेको नगद एक लाख ६६ हजार नौ सय १५ रुपैयाँ र सहकारीका अन्य कागजात तथा चेकबुक झोलामा राखी का.जि. का.म.न.पा. वडा न ०७ चाबहिल स्थित ए वान क्याफे नजिक पुग्दा अपरिचित मानिसहरुको समुहले निजलाई खुकुरीले प्रहार गरि घाईते बनाई डर धाक धम्की दिई जबर्जस्ती लुटपाट गरि फरार रहेको थिए । सो पश्चात महाशाखाबाट खटिएको प्रहरी टोलीले निरन्तर खोजतलास गर्ने क्रममा माथि उल्लेखित मानिसहरुलाई लुटपाट गरि लगेको नगद, सहकारीका कागजपत्र, झोला तथा पिडितलाई प्रहार गरेको खुकुरी थान २ तथा चोरी गरेका ४ वटा स्कुटर र १ थान मो.सा. सहित पक्राउ गरी आवश्यक कारबाहीको लागी महानगरीय प्रहरी परिसर,काठमाडौं, महानगरीय प्रहरी वृत्त,गौशाला पठाईएको ।

प्रारम्भिक अनुसन्धानको क्रममा निजहरुले उपत्यकाका बिभिन्न स्थानबाट मोटरसाईकल तथा स्कुटर समेत चोरी गरि सो चोरी गरेको मो.सा. तथा स्कुटरको प्रयोग गरि चलिरहेको गाडिबाट बिभिन्न सरसामानहरुजस्तै चुरोट, कपडा, टि.भि.तथा अन्य ईलेक्ट्रोनिक्स सामान पटक(पटक चोरी गरेको भन्ने बुझिन आएको हुँदा त्यस्ता घटनाको बारेमा समेत थप अनुसन्धान कार्य भई रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उनीहरुको साथबाट २६ हजार तीन सय २५ रुपैयाँ नगद, घटनामा प्रयोग भएको स्कुुटर एक थान, रामपुरी चक्कुु दुुई थान, जिक्सर मोटरसाईक एक थान, बिभिन्न कम्पनीका मोबाईल तीन थान, कालो रंगको डियो स्कुुटर एक थान, रातो रंगको डियो स्कुटर एक थान, बैंकको चेक लगायतका सामानहरु बरामद भएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi