neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

भक्तपुरमा ३५ बर्षीय एक महिला मृत फेला

Dec 31st, 2020

आधारभुुमी संवाददाता
भक्तपुर, पुस १६


भक्तपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । भक्तपुरको छालिंग, चागुनारायण नगरपालिका वडा नं. ५ मा गत शनिबार एक ३५ बर्षीय गंगा थापा (के.सी) मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

घटना हत्या हो कि आत्महत्या भएको टुंगो लागेका छैन निजको माइती पक्षले आत्महत्या नभई हत्या भएको हुन सक्ने अनुमान छ । मृतकका माईती पक्षले दावी गरेको छ, परिसरका प्रवक्ता गिरीले भने । निजका श्रीमान् तथा परिवारले विवाह भए देखि नै पैत्रिक सम्पत्ती बिक्री गर्न दिनहुँ तनाब दिने गरेको आरोप माईती पक्षले लगाएका छन् ।

हाल पनि पैत्रिक सम्पत्ति बिक्री गर्न ६० लाख बैना गरेको सो सम्पत्ति बिक्री गर्न नमान्दा हत्या भएको माईती पक्षको आरोप छ, प्रवक्ता गिरीले भने । निजका श्रीमान् ३५ बर्षीय जितेन्द थापालाईं प्रहरी हिराशतमा राखी अनुसन्धान भईरहेको जानकारी समेत प्रवक्ता गिरीले दिएकाछन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi