neapl investment mega bank
  • गृहपृष्ठ
  • गणेश गिरिको निर्देशकमा रचना रिमाल र निरायु गौतमको ‘तिमीलाई देखेपछि’ (भिडियाे सहित)

गणेश गिरिको निर्देशकमा रचना रिमाल र निरायु गौतमको ‘तिमीलाई देखेपछि’ (भिडियाे सहित)

Dec 31st, 2020

काठमाडौ, पुुस १६

छोटो समयमा नै नेपाली सांगेतिक क्षेत्र आफ्नो भिन्दै पहिचान बनाउन सफल गायिका रचना रिमालको स्वर रहेको ’तिमीलाई देखेपछि ’गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा निरायु गौतमको शब्द तथा स्वर रहेको छ भने संगीत ओम सुनारले दिएका हुन्।गीतमा एरेन्ज ओम सुनारको नै रहेको छ ।

‘तिमीलाई देखेपछि ’गीतको भिडियोमा अभिनेता गणेश गिरि,निरायु गौतम र जाबे रिया केसीलाई पिÞmचरिङ्ग गरिएको छ ।त्यसै सुशान्त श्रेष्ठ ,अस्मिन घिमिरे र निसु आइडुको पनि भिडियोमा अभिनय रहेको छ । गणेश गिरिको निर्देशक रहेको गीतको भिडियोलाई चितवनको सौराहा ,नारायणघाट लगायतको ठाउमा छायांकन गरिएको हो।निर्देशक गिरीले यस अघि पंचायत ,कोपिला लगायतको चलचित्र निर्माण गरिसकेका छन् भने बर्बाद ,आगो २ ,पंचायत,कोपिला लगायतको चलचित्रमा अभिनय गरिसकेका छन् । गिरि अभिनित म यस्तो गीत गाउछु २ रिलिजको तयारीमा रहेको छ । गिरीले यसै भिडियो मार्फत म्युजिक भिडियो निर्देशकमा हात हालेका हुन् ।

सौरभ लामाको छायांकन रहेको सार्वजनिक भिडियोलाई गौतम राज खड्काले सम्पादन गरेका हुन् ।भिडियोको पोस्ट प्रोडक्सन मोसन पोस्ट स्टुडियोमा गरिएको हो ।