neapl investment mega bank
  • गृहपृष्ठ
  • विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एडिबीले दियो १८ अर्ब २५ करोड रुपैयाँ , अब नजाला त झ्याप्प बिजुली ?

विद्युतीय ग्रीड आधुनिकीकरणका लागि एडिबीले दियो १८ अर्ब २५ करोड रुपैयाँ , अब नजाला त झ्याप्प बिजुली ?

Dec 31st, 2020

आधारभूमि संवाददाता

काठमाडौं पुस १५

विद्युतीय ग्रिडको क्षमता कम भएकाले अहिले बिजुली बत्ति गइरहेको छ । प्राधिकरणले यसलाई समयमै सुुधार्न नसकेका कारण जनताले सास्ती पाएका छन् । लोडसेडिङ भोगिसकेका भएर ठूलो नलागेपनि अहिले प्राधिकरणले उपलब्ध गराएको बिद्युत गुणस्तर छैन ।

त्यसैले उपभोक्ताको घरमा पुग्ने बिजुलीको गुणस्तर सुधार्न एसियाली बिकास बैंकसँग अर्थमन्त्रालयले १८ अर्ब २५ करोडको ऋण सम्झौता गरेको छ ।

आयोजनाको कुल लागत करिव २२ अर्ब ८१ करोड रुपैयाँ (अमेरिकी डलर १९५ मिलियन बराबर) रहेकोमा १८ अर्ब २५ करोड एसियाली विकास बैंक र बाँकी ४ अर्ब ५६ करोड रुपैयाँ (अमेरिकी डलर ३९ मिलियन बराबर) नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणले ब्यहोर्नेछन् ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपाल आवासीय कार्यालयका अफिस इन्चार्ज रुडी भ्यान डेलले हस्तासहसचिव नेपालले विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाको विद्युत प्रसारण एवं वितरण प्रणालीमा सुधार गर्ने, विद्युत ग्रीडको आधुनिकीकरण गरी विद्युत आपूर्तिलाई दिगो र भरपर्दो बनाउने र नेपाल विद्युत प्राधिकरणको विकास एवं सुदृढीकरण गर्ने उद्देश्य रहेको जानकारी दिए ।

विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाबाट विद्युत चुहावटका कारण हुने उर्जा नोक्सानीलाई न्यूनीकरण गरी बचत हुने उर्जा छिमेकी मुलुकमा समेत निर्यात गर्न सकिने र यसबाट देशको आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुग्ने अर्थ मन्त्रालयले जनाएको छ ।