neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सामाजिक संजालको माध्यमबाट अनलाईन ठगी गरेको अभियोगमा पक्राउ

सामाजिक संजालको माध्यमबाट अनलाईन ठगी गरेको अभियोगमा पक्राउ

Dec 30th, 2020

काठमाडौं, पुस १५

सामाजिक संजाल वाट्सएप र फेसबुकको माध्यमाबाट ठगी गरेको अभियोगमा काठमाडौं कीर्तिपुर बस्ने रुकुम पूर्व भुमे गाउँपालिका ३ मोरवाङ घर भएका २२ वर्षीय सन्तोष श्रेष्ठ र १९ वर्षीया आशा श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले फेसबुक र वाट्सएपमा फेक आइडि मार्फत सम्पर्क गरी नेदरल्याण्डको नागरिक बताई पीडितहरुलाई बिभिन्न बहानामा नेपाल घुम्न आउने, विवाह गर्ने, बहुमूल्य सामानहरु पठाई दिने भनी प्रलोभनमा पारी दिपक किशोर श्रेष्ठ, सन्तोष श्रेष्ठ समेतको बैंक खातामा र आइमई समेतबाट नगद ४१ लाख ९८ हजार ४ सय ५० रुपैयाँ पठाउन लगाई ठगी गरेको घटनाको अनुसन्धानको क्रममा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई काठमाडौं सुन्धाराबाट पक्राउ गरेको हो ।

उनीहरुलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi