neapl investment mega bank
  • गृहपृष्ठ
  • घरेलु लघुवित्तको दोस्रो वार्षिक साधारण सभाबाट मर्जर अनुमोदन

घरेलु लघुवित्तको दोस्रो वार्षिक साधारण सभाबाट मर्जर अनुमोदन

Dec 29th, 2020

काठमाडौ, पुुस १४

काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको दोस्रो साधारण सभा संस्थाका अध्यक्ष आङ देण्डी शेर्पाको सभापतित्वमा यहि पौष १४ गते काभ्रेको वनेपा स्थित पन्चकन्या बैंन्क्वेटमा सम्पन्न भएको छ ।

उक्त साधारण सभाले घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र समता लघुवित्त वित्तीय संस्था लिमिटेडसँगको मर्जरलाई अनुमोदन गरेको छ । राष्ट्रिय स्तरको यस संस्थाले १० जिल्ला कार्यक्षेत्र रहेको समता लघुवित्तलाई गाभ्ने प्रस्ताव साधारण सभाले अनुमोदन गरेको छ ।

राष्ट्रियस्तरको यस संस्थाले स्थापनाको छोटो समयमानै ११ जिल्लाहरुमा १३ शाखा कार्यालयहरु स्थापना गरी विगत २ वर्षदेखि लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ । यस संस्थाले २०७७ मंसिर मसान्तसम्ममा ७ हजार ३ सय घर परिवारहरुमा सेवा विस्तार गर्दै ५९ करोड भन्दा बढी लगानी गरी लगानीमा रहिरहेको रकम ३० करोड ५९ लाख रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री बद्री प्रसाद अधिकारीले जानकारी दिए ।