neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • एस्टन भिल्लासँग चेल्सी बराबरीमा रोकियो

एस्टन भिल्लासँग चेल्सी बराबरीमा रोकियो

Dec 29th, 2020

आधारभूमि संवाददाता

काठमाडौ, १४ पुस

प्रिमियर लिग फुटबलमा चेल्सी एस्टन भिल्लासँग बराबरीमा रोकिएको छ ।आईतबार राति भएको खेलमा चेल्सीलाई एस्टनभिल्लाले १-१ गोलको बराबरीमा रोकेको हो ।

खेलमा चेल्सीको लागि ओलिभर जिराउडले एक गोल गरे भने एस्टन भिल्लाको लागि अन्वर एल गाजीले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता चेल्सीले लिएको थियो । खेलको ३४ औं मिनेटमा ओलिभर जिराउडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफको ५० औं मिनेटमा एस्टन भिल्लाकाअन्वर एल गाजीले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै एस्टनभिल्लाले १४ खेलबाट २६ अंक जोडेको छ र पाँचौ स्थानमा छ । चेल्सीको १६ खेलबाट २६ अंक छ र छैटौं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi