neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

टोटनह्याम वोल्भससँग बराबरीमा रोकियो

Dec 28th, 2020

आधारभूमि संवाददाता

काठमाडौ, पुुस १३

प्रिमियर लिग फुटबलमा टोटनह्याम वोल्भससँग बराबरीमा रोकिएको छ ।आईतबार राति भएको खेलमा टोटनह्यामलाई वोल्भसले १-१ गोलको बराबरीमा रोकेको हो ।

खेलमा टोटनह्यामको लागि ट्यानगाइ न्दोम्बेलेले एक गोल गरे भने वोल्भसको लागि रोमेन सासेले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता टोटनह्यामलेनै लिएको थियो । खेलको पहिलो मिनेटमानै ट्यानगाइ न्दोम्बेलेले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए ।

तर, दोस्रो हाफको ८६ औं मिनेटमा वोल्भसका रोमेन सासेले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै टोटनह्यामले १५ खेलबाट २६ अंक जोडेको छ र पाँचौ स्थानमा उक्लिएको छ । वोल्भसको २१ अंक छ र तालिकाको ११ औं स्थानमा छ ।टोटनह्यामले तेस्रो स्थानमा उक्लिने मौका गुमाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi