आधारभूमि संवाददाता
काठमाडौं, पुष १२
धितोपत्र बोर्डले आइतबार देखि लागु हुनेगरी ६० प्रतिशतसम्म ब्रोकर कमिसन घटाएको छ । आफ्नो र नेप्सेको शुल्कमा कुनै हेरेफेर नगरि ब्रोकरको बोर्डले
मात्रै शुल्क घटाएको हो । तरपनि ब्रोकर शुल्क अmभैपनि छिमेकी देशहरुमा भन्दा भने महंगो भएको छ ।
छिमेकी मलुक भारतमा शुन्य देखि शुन्य दशमलव ५ प्रतिशत सम्म ब्रोकर कमिसन् लिने गर्छन् । अर्थात भारतमा ब्रोकरले कमिसन् नै लिन्न भन्दा पनि पाइन्छ । तर, नेपालमा भने शुन्य दशमलव एक शुन्यभन्दा तल गएर ब्रोकर कमिसन् लिने छुट ब्रोकरहरुलाई छैन ।
त्यस्तै अर्काे छिमेकी मुलुक चीनमा औसत कमिसन् शुन्य दशमलव शुन्य तीन एक प्रतिशत मात्रै छ । अहिले नेपाल स्टक एक्सचेन्जले ब्रोकरले लिने कमिसन् बाट २० प्रतिशत पाउँछ । त्यस्तै धितोपत्र बोर्डले पनि ब्रोकरले शुन्य दशमलव ६ प्रतिशत पाउँछ । भारतमा भने त्यहाँको स्टक एक्सचेन्जले कारोबार रकमको शुन्य दशमलव शुन्य शुन्य ३२५ मात्रै लिन्छ ।
बोर्डका अनुसार सरकारी तथा संस्थागत ऋणपत्र, सामुहिक लगानी कोषको इकाई तथा अन्य धितोपत्रको खरिद तथा बिक्री कारोवारमा लिदै आएको शुल्कमा ५० प्रतिशत र संगठित संस्थाको सेयरको खरिद तथा बिक्री कारोवारमा लिदै आएको शुल्कमा ३३ प्रतिशतसम्म कम हुने गरी गरिएको पुनरावलोकन गरिएको धितोपत्र बोर्डले जनाएको छ ।
“पछिल्लो समयमा नेपालको धितोपत्र बजारमा ८५ प्रतिशत भन्दा बढी कारोबार अनलाईन मार्फत हुने गरेकोे तथा दैनिक कारोवार परिमाणमा बढोत्तरी हुदै गईरहेको सन्र्दभमा समेत धितोपत्र दलाल व्यवसायीले लिने सेवा शुल्कमा पूनरावलोकन गरी समसामयिक बनाउन शुल्क सम्बन्धी विद्यमान सूचि संसोधन गरिएको छ । ” बोर्डले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
धितोपत्र दलाल व्यवसायी शुल्क वापत लिन सक्ने सेवा शुल्क
संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्री कारोबारमा धितोपत्र दलाल व्यवसायी सेवा शुल्क वापत लिन पाउने सेवा शुल्क :
(क) रु. ५०,०००।– सम्मको कारोवारमा – ०.४० प्रतिशत
(ख) रु. ५०,०००।– भन्दा माथि रु. ५,००,०००।– सम्मको कारोवारमा – ०.३७ प्रतिशत
(ग) रु. ५,००,०००।– भन्दा माथि रु. २०,००,०००।– सम्मको कारोवारमा – ०.३४ प्रतिशत
(घ) रु. २०,००,०००।– भन्दा माथि रु. १,००,००,०००।– सम्मको कारोवारमा – ०.३० प्रतिशत
(ङ) रु. १,००,००,०००।– भन्दा माथि जतिसुकैको कारोवारमा – ०.२७ प्रतिशत
२. नेपाल सरकार वा नेपाल सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र तथा सस्थागत ऋणपत्रको खरिद बिक्री कारोबारमा धितोपत्र दलाली वापत लिन पाउने सेवा शुल्कः
(क) रु. ५,००,०००।– सम्मको कारोवारमा – ०.१० प्रतिशत
(ख) रु. ५,००,०००।– भन्दा माथि ५०,००,०००।– सम्मको कारोवारमा – ०.०५ प्रतिशत
(ग) रु. ५०,००,०००।– भन्दा माथि जतिसुकैको कारोवारमा – ०.०२ प्रतिशत
३. माथि क्र.स. १ र २ मा उल्लेखित धितोपत्र बाहेक सामुहिक लगानी कोषको इकाई तथा अन्य धितोपत्रको हकमा धितोपत्र दलाली वापत लिन पाउने सेवा शुल्कः
(क) रु. ५,००,०००।– सम्मको कारोवारमा – ०.१५ प्रतिशत
(ख) रु. ५,००,०००।– भन्दा माथि ५०,००,०००।– सम्मको कारोवारमा – ०.१२ प्रतिशत
(ग) रु. ५०,००,०००।– भन्दा माथि जतिसुकैको कारोवारमा – ०.१० प्रतिशत
४. माथि क्रम संख्या १, २ र ३ मा जुनसुकै कुरा लेखिएको भएतापनि धितोपत्र दलालले ग्राहकबाट पाउने सेवा शुल्क रु.१०।– भन्दा घटी हुने छैन ।
५. प्रत्येक आर्थिक वर्ष समाप्त भएको एक महिनाभित्र उक्त आर्थिक वर्षमा धितोपत्र दलालले क्रम संख्या १, २, ३ र ४ बमोजिम प्राप्त गरेको कूल सेवा शुल्कका शून्य दशमलव छ प्रतिशत रकम नियमन शुल्कको रुपमा बोर्डलाई बुझाउनु पर्नेछ ।
६. धितोपत्र दलालले कारोबार सेवा प्रदान गरे वापत यस अनुसूचीमा उल्लेखित सेवा शुल्क बाहेक अतिरिक्त रकम ग्राहकबाट लिन सक्ने छैन ।
७. धितोपत्र व्यापारीले धितोपत्र कारोबार दस्तुर वापत कारोबार रकमको ०.०२ प्रतिशत रकम धितोपत्र बजारमा बुझाउनु पर्नेछ ।