neapl investment mega bank
  • गृहपृष्ठ
  • नेकपा महालक्ष्मी नगरकमिटीले गर्‍यो अगुवा कार्यकर्ता भेला

नेकपा महालक्ष्मी नगरकमिटीले गर्‍यो अगुवा कार्यकर्ता भेला

Dec 26th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ११ पुस

ललितपुरको महालक्ष्मी नगरकमिटीले अगुवा कार्यकर्ता भेला कार्यक्रमको आयोजना गरेकोे छ । भेला कार्यक्रममा प्रमुख अतिथि नेकपा केन्द्रिय अध्यक्ष माधब कुमार नेपालले पार्टी विधि प्रविधि विपरित राज्य शक्तिलाई दुरुपयोग गर्दै काम चलाउ सरकारका प्रधानमन्त्रीले निरंकुश तन्त्रमा झैं मन्त्रीमण्डल विस्तार, पुनर्गठन गरी भेला, तमासा गर्ने अधिकार काम चलाउ सरकारका प्रधानमन्त्रीले गर्नु बयल गाडा चडेर अमेरिका जाने सपना देख्नु जस्तै हो भन्दै आम अगुवा कार्यकर्ता सचेत भएर आम जनतामा जान आग्रह गरे ।

अर्का स्थायी कमिटि सदस्य रघु जी पन्तले काम चलाउ प्रधानमन्त्रीले नेकपा पार्टी आफ्नो झापाको आफ्नो बिर्ता, प्राइभेट कम्पनी जस्तो ठानी पशुपतिका बादरलाई केरा बाडेको जस्तो केन्द्रीय सदस्य, प्रधानमन्त्री, मन्त्री बाड्ने अधिकार काम चलाउ सरकारका प्रधानमन्त्रीलाई नभएको जिकीर गरे ।

नेकपा नेतृ पम्फा भुषालले काम चलाउ प्रधानमन्त्रीले मन्त्री दिदैमा उपप्रधानमन्त्री भैसकेका नेकपा नेता मन्त्री पद पनि स्वीकारने जिम्मेवार नेतालाई पदको लोभ लालचमा नफस्न भन्दै चर्को आलेचना गरिन् नेकपाबाट खराव आचरण भएका सानो टुक्रा चोइटिएर बाहिर गएमा नेकपा पार्टीलाई कुनै फरक नपर्ने वा प्रधानमन्त्री वलीको संसद विघटनको कदम विरुद्ध सडक संघर्षमा आउन आम जनतामा जान अगुवा कार्यकर्ताहरुलाई आग्रह गरिन ।

कार्यक्रमा नेकपा नेताहरु बागमती प्रदेश मामिला समितीका सभापती माधब पौडेल, नेकपा माओवादी पूर्व पोलिट ब्यूरो सदस्य, बागमती प्रदेश सदस्य, बागमती प्रदेश सहकारी विभाग प्रमुख, राष्ट्रिय उद्योग महासंघ केन्द्रिय सदस्य शिव कट्टेल, हरि दाहाल, कृष्नलाल महर्जन, नेकपा कार्यालय सदस्य सरोज डंगोल, महालक्ष्मी नगरपालिका मेयर रामेश्वर श्रेष्ठ, उपमेयर निर्मला थापा, लगायत विभिन्न सघ, संगठनका नेताहरुको बाक्लो उपस्थिति रहेका थिए । अतिथिहरुलाई धन्यबाद ज्ञापन नेकपा नेता रामगोपाल सिंहले गरे । कार्यक्रमको सभापतित्व नेकपा ललितपुर जिल्ला कमिटी सदस्य तथा महलक्ष्मी नगरपालिका वडा .नं ७ का अध्यक्ष नकुल थापाले गरेका थिए ।