काठमाडौ, पुस ११
डिजिटल वित्तीय प्रणालीको विकास तथाप्रवद्र्धनगर्न नेपाल राष्ट्र बैंकको निरन्तर पहल अन्तर्गत, नक्साल, काठमाण्डौ स्थित नक्साल तरकारी बजारमा क्युआर कोड बाट भुक्तानी कार्यक्रमको सुरुवात भएको छ । नेपाल राष्ट्र बैंक, सानिमा बैंक र नक्साल तरकारी बजारको समन्वयमा शुुक्रबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीज्यूद्वारा फलपूmल तथा तरकारी खरिद गर्दा क्युआर कोडबाट बिल भुक्तानी गरी उक्त कार्यक्रमको थालनी भएको हो । यस तरकारी बजारमा अपवाद बाहेक सम्पूर्ण पसलहरुमा क्युआर कोड बाट भुक्तानी गर्न सकिने छ ।
डिजिटल अर्थतन्त्रको विकासका लागि नेपाल राष्ट्र बैंकले विभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आइरहेको परिप्रेक्ष्यमा यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिंदै दैनिक उपभोग गर्ने बस्तुहरुको खरिदमा डिजिटल बंैकिङ्गको प्रयोगलाई बढावा दिन यो नमुना मोडलको थालनी भएको भन्ने हामीले बुझेका छौें । कार्यक्रममा नेपालराष्ट्र बैंक र सानिमा बैंकका कर्मचारी लगायत उपस्थि तदर्शक तथा ग्राहकहरुले पनि फोन पे सञ्जाल अन्तर्गतका क्युआर कोड बाट भुक्तानी गरी डिजिटल बंैकिङ्गको अनुभव लिएकाछन । डिजिटल भुक्तानी प्रणालीलाई सहजीकरण गर्न सानिमा बैंकले नक्साल तरकारी बजारका बिक्रेताहरुलाई निःशुल्क क्युआर कोड वितरण गरेको थियो । त्यसैगरी भायनेट कम्युनिकेशनद्वारा निःशुल्क वाईफाई को व्यवस्था गरेको छ ।
खुद्रा पैसाको झन्झट नहुने, जुनसुकै समयमा पनि निःशुल्क कारोबार गर्न सकिने तथा ग्राहकबाट भुक्तानी भएको रकम बैंक खाता मै जम्मा हुने हुँदा क्युआर कोड बाट कारोबार निकै सरल र सुरक्षित रहेको पाइएको छ ।