neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

मिर्गौलापीडितलाई १३ लाख सहयोग

Dec 25th, 2020

बलेवा, १० पुस /रासस

मालिका सेवा समाज बागलुङले यहाँको विपन्न परिवारका मिर्गौलापीडित सन्तोष किसानको उपचारका लागि करिब रु १३ लाख सहयोग गरेको छ । जिल्लाको बागलुङ नगरपालिका–५, मालिकाका मिर्गौलापीडित सन्तोषको उपचारका लागि समाजले सङ्कलन गरेको नगद रु १२ लाख ७३ हजार ७१८ सहयोग गरेको हो । समाजका संरक्षक तथा पूर्वराज्यमन्त्री रामजीप्रसाद शर्मा र समाजका अध्यक्ष दुर्गा कुँवरले सो रकम बिरामीका दाजु नवीन किसानलाई एक कार्यक्रमकाबीच बुधबार हस्तान्तरण गर्नुभयो ।

समाजका कोषाध्यक्ष दुर्गा केसीका अनुसार उक्त रकम मालिका सेवा समाज बागलुङबाट रु तीन लाख ३६ हजार १५१, मालिका सेवा समाज पोर्चुगलबाट रु एक लाख २७ हजार ४७०, युकेबाट रु एक लाख ८५ हजार ९२०, कोरियाबाट रु एक लाख ५३ हजार ९११, दुबईबाट रु एक लाख ३० हजार, कतारबाट रु ८९ हजार ८५२, साउदी अरबबाट रु ८२ हजार ११०, भारतबाट रु ५८ हजार ३०४, स्थानीय समन्वयबाट रु ९० हजार र मालिका वडा कार्यालयबाट रु २० हजार नगद सहयोग प्राप्त भएको जानकारी दिनुभयो ।

कर्मचारी अभावले सेवाग्राहीलाई सास्ती

जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेको कार्यालयमा सर्वसाधारणको पहुँच नभएको भन्दै पश्चिम क्षेत्रका सर्वसाधारणको सुविधाका लागि बुर्तिबाङमा मालपोत कार्यालय स्थापना गरिएको छ । मालपोतको काम झन्झटिलो र समय लाग्ने भएकाले घरदैलोबाटै छिटोछरितो सेवाका लागि स्थापना भएको कार्यालय नै समस्यामा छ ।

कार्यालय स्थापना भएको वर्षौँसम्म पनि दरबन्दीअनुसारका कर्मचारी नपुग्दा बुर्तिबाङ मालपोत कार्यालयमा सर्वसाधारणले पाउने सास्ती कायम छ । मालपोत अधिकृतसहित १२ कर्मचारीको दरबन्दी रहेको कार्यालयमा आठ कर्मचारीले काम चलाउँछन् । कर्मचारीकै अभावका कारण सर्वसाधारणको काम समयमा हुँदैन । अनलाइनमार्फत हुने काम र कागजमा हुने कामसमेतका लागि आवश्यक जनशक्ति नहुँदा समस्या भइरहेको मालपोत अधिकृत दिलबहादुर केसीले बताउनुभयो ।

बुर्तिबाङ मालपोत कार्यालयमा नायबसुब्बा तीन जनाको दरबन्दी छ । सर्वसाधारणको पहिलो चरणको कामसँग जोडिने नायबसुब्बाको दरबन्दीमा एक जना पनि कर्मचारी छैनन् । सबै दरबन्दी खाली रहँदा काम चलाउनै कठिन हुने गरेको केसीले बताउनुभयो । कम्प्युटर अपरेटरको दरबन्दी भए पनि अहिलेसम्म बुर्तिबाङ मालापोतमा अपरेटर पुगेका छैनन् ।

एक कार्यालय प्रमुखसहित तीन खरिदार, एक सहलेखापाल र तीन कार्यालय सहयोगीको भरमा सबै सेवा चलिरहेको केसीले बताउनुभयो । “काम रोकिएको छैन, तर काम द्रुत बनाउने जनशक्ति नै हामीसँग छैन”, केसी भन्नुहुन्छ, “सर्वसाधारणले चाहेजस्तो समयमा काम दिन सकिएको छैन ।” भाडाको घरमा सञ्चालनमा रहेको कार्यालय अपाङ्गमैत्री नभएको भन्दै बेलाबेलामा गुनासोसमेत आउने गरेको छ ।

निजी भवनको चौथो तलामा रहेको कार्यालयमा पुग्न नसक्दा अपाङ्गता भएका लाभग्राही मर्कामा परेका छन् । “जनतालाई दुःख नहोस् भनेर बिहान ९ देखि साँझ ५ बजेसम्म काम गरिरहेका छौँ, मुद्दा, निवेदन, सूचनाको काम त बिहान बेलुका गरेर सक्छौँ”, उहाँले भन्नुभयो, “दैनिक २०र२५ बढी सेवाग्राहीले कार्यालयबाट सेवा लिँदै आएका छन् ।”

काममा ढिलासुस्तीका कारण बुर्तिबाङ पुगेका सेवाग्राहीले लामो समय त्यहीँ बसेर काम गर्नुपर्ने बाध्यता छ । जग्गा रजिष्ट्रेशनको कामका लागि बडिगाड गाउँपालिका–२ बाट बुर्तिबाङ पुगेकी रुनमाया छन्त्यालले भन्नुभयो, “१० बजेअघि नै कार्यालय आएकी थिएँ, तर हिजो नै आएका पाँच जना रहेछन्, आज काम सकिएन फेरि भोलि आउनुपर्ने भयो ।” काम नहुँदा समय र खर्चसमेत बर्बादी हुने गरेको उहाँको गुनासो थियो ।

कर्मचारी अभावकै कारण समस्या भएको भन्दै मालपोत अधिकृत केसीले भूमि व्यवस्था तथा अभिलेख विभागसँग समन्वय गरेर कर्मचारी पठाउने कुरा भएको तर कर्मचारी नआएकाले समस्या भइरहेको बताउनुभयो । बागलुङ पश्चिमका ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाका स्थानीयले मालपोत कार्यालय बुर्तिबाङबाट सेवा लिँदै आएका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi