neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नेपालका तीन खेलाडीले युएईमा टी–१० लिग खेल्ने

नेपालका तीन खेलाडीले युएईमा टी–१० लिग खेल्ने

Dec 24th, 2020

काठमाडौँ, ९ पुस /रासस

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले युनाइटेड अरब इमिरेट्स् (युएई) मा टी–१० क्रिकेट लिग खेल्ने भएका छन् । सोमपाल कामी, करण केसी र कुशल मल्लले युएईमा लिग खेल्न लाग्नुभएको हो ।

बुधबार राति भएको ड्राफ्टबाट तीनै जनालाई अनुबन्ध गरिएको छ । कामीले मराठा अरबियन्स, केसीले पुने डेभिल्स मल्लले टिम अबुधाबीबाट खेल्ने निश्चित भएको छ । कामीले यसअघि पनि विदेशी फ्रेन्चाइज क्रिकेट खेलिसक्नुभएको छ ।

केसी र मल्ल पहिलो पटक विदशी लिग खेल्न लाग्नुभएको हो । यसअघि टी–टेन लिगमा नेपालका तर्फबाट सन्दीप लामिछाने र पारस खड्काले खेलिसक्नुभएको छ । खड्का यसपटक टिम अबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरका भूमिकामा रहनुभएको छ । टी–१० लिग सन् २०२१ जनवरी २८ देखि शुरु हुनेछ । उक्त प्रतियोगितामा आठ टोली भिड्ने छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi