neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ

लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ

Dec 24th, 2020

काठमाडौं, पुुस ९

करिब ६ लाख ३५ हजार बराबरको धनमाल लुटपाटमा संलग्न रहेको अभियोगमा काठमाडौं स्युचाटार बस्ने दोलखा शैलुङ गाउँपालिका ३ घर भएका सागर भन्ने ४९ वर्षीय लालबहादुर श्रेष्ठलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

गत साउन ८ गते सिन्धुली कमलामाई नगरपालिका २ बस्ने भोला बहादुर जर्घामगरलाई एक युवतीले मोटरसाइकलमा लिफ्ट मागी चोभारसम्म पुर्या उन अनुरोध गरेकोमा निज युवतीलाई चोभारमा पुर्याएउँदा अपरिचित ब्यक्तिहरुले भोला बहादुरको साथमा रहेको ६ तोला सुनको १ थान सिक्री, २ थान मोवाइल, १ थान चस्मा १ थान र नगद ७ हजार रुपैयाँ समेत गरी उक्त रुपैयाँ बराबरको धनमाल लुटपाट भएको घटनाको अनुसन्धान गर्ने क्रममा लुटपाटमा संलग्नमध्ये लालबहादुरलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा लालबहादुर समेतका मानिसहरुले अन्य स्थानहरुमा समेत युवतीको प्रयोग गरि बिभिन्न मानिसहरुलाई लुटपाट गरेको भन्ने खुल्न आएको हुँदा सो सम्बन्धमा समेत अनुसन्धान कार्य भईरहेको र लालबहादुरलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi