neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • म्यान्चेष्टर युनाईटेड कारबाओ कप फुटबलको सेमिफाईनलमा,काभानीले गरे एक गोल र एक असिस्ट

म्यान्चेष्टर युनाईटेड कारबाओ कप फुटबलको सेमिफाईनलमा,काभानीले गरे एक गोल र एक असिस्ट

Dec 24th, 2020

आधारभूमि संवाददाता
काठमाडौ, पुुस ९


म्यान्चेष्टर युनाईटेड कारबाओ कप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ ।बुधबार राति भएको क्वार्टरफाईनलको खेलमा म्यान्चेष्टर युनाईटेडले एभर्टनलाई २-० गोलले पराजित गरेको हो।

म्यान्चेष्टर युनाईटेडलाई जित दिलाउन एडिनसन कावानी र एन्थोनी मार्शलले एक-एक गोल गरे । रियलले दुबै गोल दोस्रो हाफमा गरेको हो ।

दोस्रो हाफ सकिन दुई मिनेट बाँकी रहँदा कावानीले एन्थोनी मार्शलको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा एन्थोनी मार्शलले मार्कुस रासफोर्डको पासमा गोल गर्दै युनाईटेडलाई २-० को जित दिलाए ।

जितसंगै युनाईटेड कारबाओ कप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi