neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ला लिगा फुटबलमा रियल मड्रिडको सहज जित, शीर्ष स्थानको एट्लेटिकोसंग अंक बराबरी

ला लिगा फुटबलमा रियल मड्रिडको सहज जित, शीर्ष स्थानको एट्लेटिकोसंग अंक बराबरी

Dec 24th, 2020

आधारभूमि संवाददाता
काठमाडौ, पुुस ९

रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सहज जित निकालेको छ ।बुधबार राति भएको खेलमा रियल मड्रिडले ग्रानाडालाई २-० गोलले पराजित गरेको हो।

रियललाई जित दिलाउन केसमिरो र करीम बेंजामाले एक-एक गोल गरे । रियलले दुबै गोल दोस्रो हाफमा गरेको हो ।

दोस्रो हाफको ५७ औँ मिनेटमा केसमिरोले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा करीम बेंजामाले ईस्कोको पासमा गोल गर्दै रियलललाई २-० को शानदार जित दिलाए ।

जितसंगै रियलले १५ खेलबाट ३२ अंक जोडेको छ र दोस्रो स्थानमा छ । पराजित ग्रानाडाको १४ खेलबाट २१ अंक छ र ७ औं स्थानमा छ ।रियलले शीर्ष स्थानको एट्लेटिको मड्रिडसंग अंक बराबरी गरेको छ ।एट्लेटिको मड्रिडले रियलले भन्दा दुई खेल कम खेलेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi