neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • जोन्टा क्लब काठमाडौंले धनुषामा बालिकाहरूको सशक्तिकरणमा समर्थन गर्दै साइकल वितरण

जोन्टा क्लब काठमाडौंले धनुषामा बालिकाहरूको सशक्तिकरणमा समर्थन गर्दै साइकल वितरण

Dec 22nd, 2020

काठमाडौ, पुुस ७

महिला अधिकार र सशक्तीकरणका लागि काम गरिरहेका गैर—सरकारी संस्था, जोन्टा क्लब काठमाडौंले धनुषामा बालिकाहरुलाई सशक्त पार्ने पहलमा हेमिस्फियर फ्याशन र टीच फर नेपाल (टीएफएन) को सहयोगमा ५० वटा साइकल वितरण गरेको छ । धनुषाका ४ वटा विभिन्न विद्यालयका ५० जना बालिकालाई टीएफएनका फेलोहरुले आर्थिक पृष्ठभूमिमा आधारमा उत्कृष्ट गर्न सक्षम र मेहनती विद्यार्थीहरूलाई चयन गरेका थिए ।

तिनीहरू स्कूल पुग्न दैनिक ३—४ किलोमिटर पैदल यात्रा गर्नुपर्दछ र उनीहरूसँग स्कुल आउँन—जानका लागि साधन छैन र उनीहरू एउटा किन्न सक्ने क्षमता पनि छैन । जोन्टा क्लब काठमाडौंले कक्षा ५ देखि कक्षा ८ सम्मका बालिकाहरुलाई श्री जनता मा.वि., कजरा, रमौल परिसरमा आज साइकल वितरण गरेको छ । साइकल प्राप्त गर्ने विद्यालयहरुः श्री मिथिला बेसिक स्कूल—कचुरी, श्री जनता मा.वि स्कूल— कजरा रमौल, श्री मा.वि.स्कूल—लालिया र श्री जा. रा. मा. वि. स्कूल— पूरनदाहा रहेका छन् ।

यो पहल मार्फत, जोन्टा क्लब काठमाडौंकी अध्यक्ष जोनशियन सीमा गोल्छाले भनिन, “यी साइकलहरुले बालिकाहरूको शिक्षालाई निरन्तरता दिन मद्दत गर्नेछ । तिनीहरूले स्कूल टाँढा भएको कारणले पठनपाठन छोड्नु पर्ने छैन । हामी सबै बालिकाहरूले शिक्षामा समान अवसर पाएको हेर्न चाहन्छौं ।” जोन्टा क्लब काठमाडौं जोन्टा इनटरनेशनलको छाता अन्तर्गत सन् २०१२ मा स्थापना भएको हो । यो काठमाडौंमा कानुनी रूपमा दर्ता गरिएको गैर—सरकारी संस्था हो जसले आर्थिक, शिक्षा, स्वास्थ्य सुधारको उद्देश्यका साथ युवाहरु सम्बिन्धित मुद्दाहरू तथा महिला विरुद्ध हुने हिंसामा राष्ट्रिय र स्थानीय स्तरमा सेवा र वकालतमार्फत महिलाको स्थितिको प्रगतिमा काम गरिरहेको छ । नेपाल ६४ औं देश हो जुन आधिकारिक रूपमा चार्टर्ड छ ।

हाम्रो क्लबमा विविध पृष्ठभूमिका ५२ सदस्यहरू छन् जो सामाजिक अभियान्ताहरू, बैंकरहरू, उद्यमीहरू, डाक्टरहरू, वकिलहरू, आर्किटेक्टहरू, व्यवसायिक नेताहरू र पेशेवरहरू हुन् । हामी आफ्ना कार्यक्रमहरू व्यक्ति र संगठनहरूको योगदान मार्फत कोष कार्यक्रमहरू सञ्चालन गरेर कार्यान्वयन गर्दछौं ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi