neapl investment mega bank

नेप्से ९५ अंकले बढ्यो

Dec 22nd, 2020

काठमाडौ, पुुस ७

नेप्से आज मंगलबार ९५ दसमलव ४६ अंकले बढेर दुुई हजार ६१ दसमलव ४१ अंकमा पुुगेको छ । आज सेन्सिटिभ पनि १५ दसमलव १८ अंकले बढेर तीन सय ९१ दसमलव ७४ अंकमा पुुगेको छ । नेप्सेमा आज दुुई सय पाँच वटा कम्पनीहरुको ५५ हजार सात सय २१ पटकको कारोवारमा एक करोड २७ लाख १७ हजार एक सय ४६ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोेवार रकम छ अर्ब ७४ करोड सात लाख ४४ हजार चार सय ३२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा सबै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ७० दसमलव नौ अंकले बढेर १५ सय ४० दसमलव ९० अंकमा पुगेकोमा बिकास बैंक, जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा शिखर इन्स्योरेन्स परेको छ भने बढी गुमाउने कम्पनीह्रुको सुचीमा नारायणी डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नारायणी डेभलपमेन्ट बैंक परेको छ ।