neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

चेल्सीसँग वेस्ट ह्याम ३-० गोलले पराजित

Dec 22nd, 2020

आधारभूमि संवाददाता
काठमाडौ, पुुस ७


इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वेस्ट ह्यामलाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा वेस्ट ह्यामलाई चेल्सीले ३-० गोलले पराजित गरेको हो ।

चेल्सीलाई जित दिलाउन ट्यामि अब्राहमले दुई गोल र थिआगो सिल्भाले एक गोल गरे ।चेल्सीले एक गोल पहिलो हाफमा र दुई गोल दोस्रो हाफमा गरेको हो ।

खेलको १० औं मिनेटमा थिआगो सिल्भाले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफको ७८ औँ मिनेटमा ट्यामि अब्राहमले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।लगत्तै ८० औँ मिनेटमा ट्यामि अब्राहमले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए। त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र चेल्सीले जित निकालेको हो ।

जितसँगै चेल्सीले १४ खेलबाट २५ अंक जोडेको छ र पाँचौ स्थानमा उक्लिएको छ ।पराजित वेस्ट ह्यामको २१ अंक छ १० औँ स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi