neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

बैंकिङ कसूरमा संलग्न छ व्यक्ति पक्राउ

Dec 21st, 2020

काठमाडौ, पुुस ६

बैंकिङ कसूरमा संलग्न छ व्यक्ति पक्राउ परेकाछन । काठमाण्डौ जिल्ला का.म.न.पा.वडा नं.१ दरवारमार्ग स्थित अन्नपूर्ण आर्केटमा केन्द्रीय कार्यालय रहेको महालक्ष्मी बिकास बैंकको शाखा कार्यालय जिल्ला ललितपुर कुमारीपाटीबाट शाखा प्रवन्धकहरु लगायत पुर्ण राई समेतका बिभिन्न ऋणीहरुले मिलोमतो गरि कम तौलका सुनका गर गहनालाई बढी तौलको देखाई अत्याधिक मूल्यांकन गरि बढी ऋण लिन सफल भई हाल सम्म सावाँ ब्याज सहित सात करोड ४२ लाख ६१ हजार सात सय ४३ रुपैयाँ रकम नतिरी हानी नोक्सानी पुर्याएको अभियोगमा छ जना व्यक्तिहरुलाई पक्राउ गरिएको केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले जानकारी दिएको छ ।

सिआईबीका अनुसार बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम बैंकिङ कसूर मुद्दाको अनुसन्धानको सिलसिलामा खोटाङ साबिक रतन्छा गा.बि.स.वडा नं. १ हाल परिवर्तित ऐ. साकेला गाउँपालिका वडा नं.२ घर भई हाल ललितपुर जिल्ला ल.म.न.पा.वडा नं.५ लगनखेल बस्ने ३२ बर्षिय ऋणी पुर्ण राई, खोटाङ साबिक रतन्छा गा.बि.स.वडा नं. १ हाल परिवर्तित ऐ. साकेला गाउँपालिका वडा नं.२ घर भई हाल ललितपुर जिल्ला ल.म.न.पा.वडा नं.१४ बस्ने ४० बर्षिय ऋणी देवानन्द राई , धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं.४ घर भई हाल ललितपुर जिल्ला ल.म.न.पा.वडा नं.१४ बस्ने २५ बर्षिय ऋणी सन्दिप लिम्बु, काठमाडौ गौशाला बस्ने ४२ बर्षिया शाखा प्रर्वन्धक स्मृती राना, कास्कीको पोखरा महानगरपालिका वडा नं. ९, स्थायी वतन भई हाल जिल्ला काठमाण्डौं चन्द्रागिरी न.पा.वडा नं. ११ सतुंगल बस्ने ३९ बर्षिय शाखा प्रर्वन्धक पिंकुु पालिखे र मोरङको विराटनगर महानगरपालिका वडा नं. १५, स्थायी वतन भई हाल जिल्ला ललितपुर ११ बस्ने ३७ बर्षिय अनिस सिंह सिजापती रहेकाछन ।

यि मध्ये ऋणीहरुलाई यही मंसिर २६ गते र शाखा प्रर्वन्धकरुहलाई यही पुुस पाँच गते आईतबार उपत्यकाका बिभिन्न स्थानहरुबाट पक्राउ गरिएको सिआईबीले जानकारी दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi