neapl investment mega bank
  • गृहपृष्ठ
  • निर्यात बढ्यो, चार महिनामा ४० अर्ब २० करोडको सामान निर्यात

निर्यात बढ्यो, चार महिनामा ४० अर्ब २० करोडको सामान निर्यात

Dec 21st, 2020

काठमाडौ, पुुस ६

निर्यात बढेको छ । नेपाल राष्ट्र बैंकले आज सोमबार सार्वजनिक गरेको देशको बर्तमान आर्थिक तथा बित्तीय स्थिती सम्वन्धी पछिल्लो चार महिनाको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७/७८ को चार महिनामा कुल वस्तु निर्यात १० दसमलव आठ प्रतिशतले वृद्धि भई ४० अर्ब २० करोड रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २३ दसमलव नौ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमाभारत तथा अन्य मुलुकतर्पm क्रमशः १४ दसमलव नौ प्रतिशत र छ दसमलव पाँच प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पm ५९ दसमलव दुुई प्रतिशतले घटेको छ । वस्तुगत आधारमा अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), चाउचाउ, आयुर्वेदिक औषधी लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, हस्तकलाका सामानहरु, छाला लगायतका वस्तुको निर्यात घटेको छ ।

चालुु आवको चार महिनामा कुल वस्तु आयात १० दसमलव छ प्रतिशतले घटेर चार खर्ब दुुई अर्ब ४९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात छ दसमलव नौ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः तीन दसमलव एक प्रतिशत, २५ प्रतिशत र १९ दसमलव आठ प्रतिशतले घटेकोे छ ।

वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा, खाने तेल, उपचारका साधन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ । पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात भने घटेको छ । निर्याततर्पm सुख्खा बन्दरगाह, तातोपानी,कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा वृद्धि आएको छ । आयाततर्पm भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर र कैलाली भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

चालुु आवको चार महिनामा कुल वस्तु व्यापार घाटा १२ दसमलव पाँच प्रतिशतले घटेर तीन खर्ब ६२ अर्ब २९ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा आठ दसमलव नौ प्रतिशतले ह्रास आएको थियो । समीक्षाअवधिमा निर्यात–आयात अनुपात १० प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ दसमलव एक प्रतिशत रहेको थियो ।