neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडको लगातार चौथो जित

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडको लगातार चौथो जित

Dec 21st, 2020

आधारभूमि संवाददाता

काठमाडौ, पुुस ६

साबिक विजेता रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा लगातार चौथो जित निकालेको छ ।आईतबार राति भएको खेलमा रियल मड्रिडले ईबरलाई ३-१ गोलले पराजित गरेको हो।

रियलललाई जित दिलाउन करिम बेन्जिमा,लुका मोड्रिच र लुकास भाजकेन्जले एक एक गोल गरे । ईबरको कप्तान किकी गार्सियाले एक गोल फर्काए ।

खेलको छैटौ मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए।त्यसको सात मिनेटपछि लुका मोड्रिचले गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।

खेलको २८ औं मिनेटमा ईबरको कप्तान किकी गार्सियाले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा लुकास भाजकेन्जले गोल गर्दै रियलललाई ३-१ को शानदार जित दिलाए ।

जितसंगै रियलले १४ खेलबाट २९ अंक जोडेको छ र दोस्रो स्थानमा उक्लिएको छ । पराजित ईबरको १४ खेलबाट १५ अंक छ र १४ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi