आधारभूमि संवाददाता
काठमाडौं, पुष ५
मंसिरको अन्तीम सातासम्ममा ८२ अर्बले बढेर ३५ खर्ब १० अर्ब पुगेको छ । पछिल्लो समय बढ्दै गएको सेयर बजारमा लगानी गर्नेहरुले ऋण लिने क्रम बढेको छ । यसका साथै आयातमा भएको बृद्धिका कारण यस क्षेत्रमा जाने कर्जा पनि बढेको बैंकर्सहरु बताउँछन् ।
निजी क्षेत्रले आर्थिक क्रियाकलापमा बिस्तारै अघि बढाउन थालेपनि सरकारको खर्चको स्थिती भने पुरानै ढर्रामा छ । बिकासखर्च जम्मा १० प्रतिशत मात्रै भएको छ । सरकारले बिकास निर्माणका काम अघि बढाएसँगै निर्माणका लागि आवश्यक पर्ने सामाग्री आयात गर्नका लागि कर्जाको माग मात्रै बढ्ने होइन कि यसले अर्थतन्त्र पनि चलायमान बनाउनेछ ।
महामारीका कारण ब्यापार व्यवसाय मात्रै ठप्प भएन आवतजावत नै बन्द भयो । यसरी लामो समयसम्म बजारमा चहलपहल हुन नसक्दा आर्थिक क्रियाकलाप सुस्त भए । लगानीकर्ताहरुमा व्यवसाय कसरी टिकाउने भन्ने मूख्य चिन्ता रह्यो । उनिहरु थप लगानीका लागि पर्ख र हेरको अवस्थामा बसे ।
तर दशै र तिहार पछि भने बिस्तारै आर्थिक क्रियाकलापमा केहि सुधार देखिन थाल्यो । व्यवसाय जर्बजस्त रुपमा खोलियो र कारोबारमा पनि बिस्तारै बढ्न थाल्यो । लामो समयसम्म बैंकमा कर्जाको मागै नभएको स्थिती थियो । तर अहिले भने बिस्तारै कर्जाको माग बढ्न थालेको छ ।
गत असोजमा त ऋण बढ्ने होइन घट्ने स्थितीमा नै पुगेको थियो । पुरानो ऋण असुली हुने तर नयाँ थप ऋण नगएका कारण बैंकहरुको कर्जा घट्न पुगेको थियो । कात्तिक महिना सम्म कर्जाको तुलनामा निक्षेपको बृद्धि धेरैै थियो । अर्थात कात्तिकमा बाणिज्य बैंकहरुको ऋण २९ अर्बले बढ्दा निक्षेप ३३ अर्बले बढेको थियो । तर मंसिरमा भने निक्षेपको तुलनामा कर्जाको बृद्धि धेरै देखिन्छ ।
मंसिरमा कर्जा ४९ अर्बले बढ्दा निक्षेप भने जम्मा ४६ अर्बले बढेको देखिन्छ । यसबाट बैंकहरुको तरलतामा भने केहि सुधार आएको छ। मंसिरको अन्त्यमा जम्मा १ खर्ब ७ अर्ब मात्रै बैंकहरुमा लगानीयोग्य रकम थियो । जुन यसअघिका दिनहरुमा २ खर्ब सम्म पुगेको राष्ट्र बैंक बताउँछ ।
यस्तो अधिक तरलता कम गर्नका लागि राष्ट्र बैंकले पनि विभिन्न उपकरण मार्फत यो एक महिनामा मात्रै १ खर्ब १० अर्ब रकम केन्द्रिय बैकले खिचेको छ ।
मंसिरको अन्तीम सातासम्ममा भने यस्तो कर्जा ८२ अर्बले बढेर ३५ खर्ब १० अर्ब पुगेको छ । पछिल्लो समय बढ्दै गएको सेयर बजारमा लगानी गर्नेहरुले ऋण लिने क्रम बढेको छ । यसका साथै आयातमा भएको बृद्धिका कारण यस क्षेत्रमा जाने कर्जा पनि बढेको बैंकर्सहरु बताउँछन् ।