neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

Dec 18th, 2020

काठमाडौ, पुस ३

सरकारी छाप दस्तखत कीर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ परेकाछन । केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित प्रहरी टोलीले श्री श्रम तथा रोजगार प्रबर्द्धन विभागको पत्र जाहेरीले बादी नेपाल सरकार प्रतिबादी गोपाल बहादुर थापा भएको सरकारी छाप दस्तखत कीर्ते मुद्दामा सम्मानित सर्वोच्च अदालतको मिति २०७६ मंसिर ११ गतेको फैसलाले १ (एक) बर्ष कैद र रु. ३६,००,०००।( (छत्तीस् लाख रुपैया) जरिवाना ठहर भई उल्लेखित सजाय वेरुजू रही फरार रहेका प्रतिवादी गोपाल बहादुर थापालाई जिल्ला काठमाडौं का.म.न.पा. वडा नं.४ धुम्बाराहीबाट लुकिछिपी बसिरहेको अवस्थामा यही पुुस २ गते फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि आज शुुक्रबार सम्मानित काठमाडौं जिल्ला अदालत बबरमहल काठमाडौंमा पेश गरिएको सिआईबीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi