neapl investment mega bank

झण्डै छ अंकले घट्यो नेप्से

Dec 15th, 2020

काठमाडौ, मंसिर ३०

आज मंगलबार नेप्से झण्डै छ अंकले घटेको छ । नेप्से आज पाँच दसमलव ७५ अंकले घटेर दुई हजार ६१ दसमलव ४१ अंकमा पुुगेको छ भने सेन्सिटिभ शुन्य दसमलव ७४ अंकले घटेर तीन सय ८७ दसमलव ४२ अंकमा पुुगेको छ । आज दुुई सय पाँच वटा कम्पनीहरुको ४७ हजार सात सय ६९ पटकको कारोवारमा ९७ लाख ५५ हजार पाँच सय ४७ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम छ अर्ब छ करोड ९३ लाख ३१ हजार छ सय ८७ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा तीन वटा समुहले कमाएकाछन भने नौ वटाले गुमाएकाछन । कमाउने समुहमा आज बाँणिज्य बैंक, लघुुबित्त र जीवन बीमा परेकाछन । बिकास बैंक उपसमुहको सुचक भने आज २४ दसमलव १४ अंकले घटेर दुुई हजार एक सय ९७ दसमलव ७० अंकमा झर्दा निर्जिवन बीमा समुहको सुचक पनि ८१ दसमलव ९६ अंकले घटेर नौ हजार नौ सय ३७ दसमलव ४६ अंकमा झरेको छ । जलबिद्युुत, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोषको सुचकहरु पनि आज घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा उन्नती सहकार्य लघुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा मल्टीपर्पोस फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।