neapl investment mega bank

नेप्से एकै दिन ४६ अंकले बढ्यो

Dec 13th, 2020

काठमाडौ, मंसिर २८

नेप्से आज आईतबार एकैदिन ४६ दसमलव ४३ अंकले बढेर दुुई हजार १० दसमलव ४५ पुुगेको छ । सेन्सिटिभ पनि आज आठ दसमलव नौ अंकले बढेर तीन सय ८२ दसमलव ११ अंकमा पुगेको छ । आज दुुई सय तीन वटा कम्पनीहरुको ४३ हजार पाँच सय ८४ पटकको कारोवारमा ९० लाख ५० हजार १६ कित्ता सेयर खरिद बिक्री भएकाछन भने कुुल कारोवार रकम चार अर्ब ८९ करोड ९४ लाख ८४ हजार एक सय ३१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंंदा टे«डिङ, होटल र जलबिद्युुत समुहको सुचक घटेपनि बाँकी नौ वटा समुहको सुचक भने उच्च अंकले बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ४५ दसमलव ७७ अंकले बढेर १४ सय ८१ दसमलव ५४ चढेकोमा बिकास बैक समहको सुचक पनि ३६ दसमलव ७१ अंकले बढेर २१ सय ६५ दसमलव ३२ अंकमा चढेको छ । यसैगरी लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स, उत्पादनमुलुक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा महुुली सामुुदायिक लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा अपर तामाकोशी हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।