neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • प्रकाशकीय : निष्पक्ष पत्रकारिता देश र जनताको लागि

प्रकाशकीय : निष्पक्ष पत्रकारिता देश र जनताको लागि

Dec 11th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २६ मङ्सिर

आधारभूमि डटकमले आज दुई वर्ष पुरा गरेको छ । यो अवसरमा म पाठकवृन्द, विज्ञापनदाता, विज्ञापन एजेन्सी लगायत सबै सहयोगी एवं शुभेच्छुक महानुभावहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।

दुई वर्ष यतादेखि हामीले निष्पक्ष पत्रकारिता गरेका छौ, र जनताका आवाजहरु निडर भएर प्रकाशन गरिरहेका छौ । पत्रकारीता जहिले पनि समाज देश र जनताप्रति उत्तरदायी बन्छ, त्यसैले हामीले यो बिचमा कुनै पनि प्रभावमा परेर समाजलाई अहित हुने सुचना प्रकाशन गरेका छैनौ, बरु दवाव सहेरै भएपनि सत्य सुचनालाइ बाहिर ल्याएका छौ ।

कोरोना महामारीले देश आक्रान्त भएको छ । धेरै व्यवसायहरु सञ्चालन हुन गाह्रो अवस्थामा छन् । यस्तो बेलामा पनि हामीले भने निरन्तर सुचना प्रवाह गर्दै आएका छौ । किनकी यो महामारीका बेलामा आम पाठकलाई हाम्रो साथको आवश्यकता छ ।

साथै यो दौरानमा हामीले समाचार, प्रकाशन प्रशारण, आर्थिक श्रोत व्यवस्थापन लगायतका क्षेत्रमा धेरै तितामिठा अनुुभव भोग्यौं । यो अवधिमा केहीले हामीलाई सानो मिडिया, नयाँ मिडिया भनेर असहयोग र अवहेलना गरेको अनुभुती पनि हामीलाई भयो । कतिले हामी सानो मिडिया भए पनि नयाँ मिडिया भएपनि व्यवसायीक तथा बैचारिकरुपमा सहयोग गर्नुुभर्यो । यो दौरानमा यि सबै तीता मिठा अनुुभवहरु हाम्रा लागि मागर्दशन बने ।

हामीले जहिले पनि देश, जनता र आम पाठकको लागि निश्पक्ष भएर कलम चलायौं । कहिले पनि कुनै पनि संस्था वा व्यक्तिसंग हामीले बैमनश्यता कायम गरेनौं । हुनसक्छ समाचार प्रकाशन प्रशारणका क्रममा हाम्रा केही समाचारहरुले केही व्यक्ति वा संस्थालाई ठेस पुुगे होलान । तर हामी गर्वसाथ भन्न सक्छौं, त्यो ठेस देश र जनताको लागि हो । देश र जनतालाई सुसुचित गर्नको लागि हो । जुुन क्रम आजसम्म चलिरहेको छ ।

हामीले सिमित श्रोत र साधनको बावजुत पनि आफ्नो क्षमता अर्थात भनौ बलबुताले भ्याएसम्म यो देशको लागि, आम नेपाली जनताको लागि पत्रकारिता गरेका छौं । यो पत्रकारिता संदिंयौंसम्म रहिरहोस ।

हामी बिगतका गल्ती कमजोरीहरुलाई सच्याउँदै अगाडि बढ्ने छौं । आम पाठकहरुलाई सुसुचित गर्ने छौं । अपराध, भ्रष्टाचार र बेथितीका बिरुद्धमा शुन्य सहनशिलता अपनाएर निष्पक्षरुपमा पत्रकारिता गर्ने छौं । यो हाम्रो बाचा हो । यसलाई हामी पुरा गर्नेछौं । हामीलाई सदैव तपाईहरुको व्यवसायीक तथा रचनात्मक सहयोग चाहिन्छ । त्यो सहयोगका आधारमा नै हाम्रा पाईलाहरु निर्धारण हुुनेछन । आशा छ, त्यो साथ, सहयोग र सल्लाह हामीले निरन्तर पाईरहने छौं ।

पाठकहरु नै हाम्रा प्रेरणाका स्रोतहरु हुन्, निष्पक्ष पत्रकारिताको यो जग हाम्रो सधै प्राथमिकतामा रहनेछ ।

अध्यक्ष तथा प्रकाशक

बलराम वाग्ले

हस्ताक्षर

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi