neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • मानव अधिकार, नागरिकको सरोकार भन्ने मूल नाराका साथ फानले सम्पन्न गर्यो आफ्नो १०औँ वार्षिक साधारण सभा

मानव अधिकार, नागरिकको सरोकार भन्ने मूल नाराका साथ फानले सम्पन्न गर्यो आफ्नो १०औँ वार्षिक साधारण सभा

Dec 10th, 2020

आधारभूमि संवाददाता
काठमाडौँ, २५ मंसिर


मानव अधिकार, नागरिकको सरोकार भन्ने मूल नाराका साथ फ्रिडम फर अल नेपाल (फान) ले आफ्नो १०औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कार्यक्रममा संस्थाले विगतमा गरेको काम, काम गर्दा आएका चुनौती र समस्या र तिनको समाधानका बारेमा छलफल गरिनुका साथै संस्थाको बिधान, मानव संसाधन निति र बजेटको बारेमा पनि संस्थाका सदस्यहरुलाई जानकारी गराइएको थियो ।

पहिले संस्था निकै कठिन र दयनिय अवस्थाबाट गुज्रिएको र सबैको साथ पाएर आज संस्था निकै सफल र स्थापित भएको संस्थाका अध्यक्ष डा। सुन्दरमणी थापाले बताए । हामीले पहिले संस्थालाई नविकरण पनि गर्न सकेका थिएनौूँ, थापाले भने, तर ३ वर्ष यता हाम्रो संस्था नविकरण पनि भइसकेको छ । कानूनी रुपमा चाहिने विधान पनि तयार पारि साकेका छौँ । सबैको साथ पाएर हौसला पनि बढेको छ र यस्तै साथ पाए आगामी दिनमा पनि हामी नगरिको अधिकारका लागि हातेमालो गर्दै अघि बढ्ने कुरामा विश्वस्त छौँ ।

आफ्नो संस्थालाई असल नेतृत्व, योगदानले गर्दा निकै उदाहरणीय बनाएको संस्थाका महासचिव खगेन्द्र ओलीले बताए । मानव अधिकारमा सबैको आवाज हुनुपर्छू, ओलीले भने,समाजमा वन्चित भएका आवाजका साथ अघि बढ्नुपर्छ भन्ने भावनाका साथमा हामी अघि बढिरहेका छौँ । हाम्रो निति नियम सबै तयार छ । हामीलाई आन्तरिक कुराको कमी छैन, अब हामी पूर्ण तयारीका साथ अघि बढ्नका लागि सक्षम रहेका छौँ ।साथै नवराज बि।कको घटना, चितवन घटना, बझाङ घटनामा पनि आफ्नो संस्थाले अधिकारका लागि महत्वपूर्ण भूमिका खेलेको महासचिवले बताए ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi