भक्तपुर, मंसिर २३
भक्तपुरको सल्लाघारीस्थित डा ईवामुरा मेमोरियल अस्पतालले पित्तथैलीको पत्थरी सम्बन्धी समस्या भएका बिरामीहरुलाई लक्षित प्याकेज ल्याएको छ ।
सेवाग्राहीको अनुरोधमा सहुलियतपूर्ण शुल्कमा प्याकेज ल्याएको अस्पतालका बजार व्यवस्थापक जीवन मारिखुले जानकारी गराए । अनुभवी डाक्टरहरुबाट शान्त वातावरण उपचार हुने व्यवस्था त्यहाँं रहेको छ । प्याकेज १५ पुस २०७७ सम्मका लागि मात्र उपलब्ध भएको जनाइएको छ । यसो हँुदा समयमा नै आफ्नो समस्याको पहिचान गरी रोगमुक्त हुनसक्ने अस्पतालले भनेको छ । साथै निशुल्क परामर्शका लागि फोेन गरी आफ्नो नाम टिपाउन सक्ने जनाएको छ ।
दुर्बिन प्रबिधिमार्फत ल्यापोस्कोपी मेसिनबाट सानो प्वाल पारेर उपचार गरिने भएकोले अपरेसनपछि कम दुखाइ, घाउहरु चाडै निको हुने, दाग पनि सानो हुने र चाडै घर जान सकिने जनाइएको छ ।
चिल्लो खानाबाट पेट फुल्ने वा दुख्ने, पेटको दायाँ कोखा वा पेटकोबीचमा दुख्ने, दायाँ काधँमा दुख्ने, ढाडमा दुख्ने, एक्कासी तौल घट्ने, धेरै दिसा भइरहने पित्तथैलीको पत्थरीका लक्षणहरु हुन् ।