neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल स्टार सांगितिक कार्यक्रममा“ वृज सिमेन्ट एक्सपर्ट च्वाइस नेपाल स्टार एक्सपर्ट अफ द डे” घोषणा गरिने

नेपाल स्टार सांगितिक कार्यक्रममा“ वृज सिमेन्ट एक्सपर्ट च्वाइस नेपाल स्टार एक्सपर्ट अफ द डे” घोषणा गरिने

Dec 8th, 2020

काठमाडौ, मंंसिर २३

वृज सिमेन्ट नेपाल स्टारको दोश्रो ठुलो स्पोन्सर व्राण्डले नेपाल स्टारका १० उत्कृष्ट प्रतियोगीहरुलाई प्रत्येक हप्ताको प्रतिस्पर्धापछि “वृज सिमेन्ट एक्सपर्ट च्वाइस नेपाल स्टार एक्सपर्ट अफ द डे” घोषणा गरी १० हजारका दरले नगद र ट्रफी प्रदान गर्ने भएको छ । आजभएको एक औपचारिक कार्यक्रममा वृज सिमेन्ट इण्डष्ट्रीज प्रा.लि. का प्रवन्ध निर्देशक मनोज कुमार केडियाले सो कुरा बताएका हुुन । नेपाल स्टार नेपालको आफनै गायनप्रतियोगिताहो जुनप्रतियोगिताको लागि नेपालभरबाट अडिसन लिई गतवर्ष फाल्गुन २४ गतेदेखि नेपाल टेलिभिजनवाट प्रशारण शुरु भएको हो । नेपाल स्टार यो पहिलो सिजन हो ।

उक्त नगद पुरस्कार घोषणा कार्यक्रममा नेपाल स्टारका निर्णायक नेपालकै वरिष्ठ संगीतकार आलोक श्री का , वरिष्ठ गायकश्री रामकृष्ण ढकालएवं वरिष्ठ गायिका अन्जु पन्तको उपस्थिति रहको थियो भने नेपाल स्टारका निर्देशक रवि श्रेष्ठ एवं कि एडभरटाईजिङ्ग सर्भिस प्रा.लि.का प्रवन्धनिर्देशक रविन्द्र कुमार रिजाल समेतको उपस्थिति रहेको थियो ।

पुरस्कार घोषण गर्दै कम्पनीका प्रवन्ध निर्देशक केडियाले भन्नुभयो , वृज सिमेन्ट जहिलेपनि देशकाहरेक वीधाकाउर्जाहरुलाई सहयोग र प्रेरणा गर्न तत्पर रहेको र नेपाल स्टारमावृज सिमेन्ट पावर वाई स्पोन्सर खण्डमा रहेको र नेपालीकला , संस्कृति, गीत र संगीतलाई माथि उठाउन हातमाहात मिलाएर अगाडि वढ्न तयार रहेको वताउनुभयो । संगीत हाम्रो संस्कृतिहो , संगीत हाम्रो गहना हो र पहिचान हो यसलाई अझ अगाडि ल्याई सवैले यस किसिमको कार्यक्रममार्फत अगाडि वढाउन सकियो भने नेपाल आफंै पनि यस्तो वृहत सांगितिक कार्यक्रम गर्न सक्षम रहेको प्रमाणित हुन्छ र नेपालको आफनै सांगितिक रियालीटि सो नेपाल स्टारले यसलाई प्रमाणित गरको छ । यसले नेपालमा भएका प्रतिभाहरु स्वस्स्फुर्त रुपमा अगाडि आउनेछन् र समग्र नेपाली गीत संगीत क्षेत्रको विकास हुनेछ । नेपाल स्टारमा हामीले यसै कारण सहभागिता भएको र भविष्यमा समेत हामी निरन्तर रुपमा सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेकाछन ।

वृज सिमेन्ट एवं केडिया अर्गनाइजेशन रेडियो नेपालदेखि गीत संगीतको क्षेत्रमा संलग्न हुदै आइरहेको र आज ३० वर्षपछि समेत नेपाली गीत संगीतको यो महान कार्यक्रम नेपाल स्टारमावृज सिमेन्ट एक स्थापित प्रायोजककोरुपमा रहेको पाउँदा अत्यन्तै खुशी लाग्यो । ३० वर्ष अगाडि रेडियो नेपालवाट प्रशारण हुने “सुन्दर शुशील” सांगितिक कार्यक्रमबाट आफनो यात्रा शुरु गरेको संगीतको वाटो आज नेपाल स्टारसम्म आइपुगेको छ । यो नेपाली संगीतप्रतिको अत्यन्त श्रद्धा र मायाकै कारणले हो । संगीत सबैमा समान हुन्छ, हजारांै प्रतिस्पर्धीवाट छानिएर अब हामी उत्कृष्ट १० को विशेष कार्यक्रममा छौं, यस्तो अवस्थामा वृज सिमेन्टले हाम्रा १० जनाप्रतिस्पर्धीहरुको लागि जुन हौसला बढाउने नगद पुरस्कारको घोषणा गरेको छ यसले नेपाल स्टार एवं वृज सिमेन्टको नेपाल स्टार प्रतिको अत्यन्त ठुलो योगदानहो निर्णायक आलोक श्रीले बताए ।

भोटको आधारमा प्रत्येक हप्ता एकजना प्रतिस्पर्धीब् ााहिरिने र उक्त मञ्चबाट कोही एकजनाले प्रत्येक हप्ता वृज सिमेन्टको तर्फवाट “वृज सिमेन्ट एक्सपर्ट च्वाइस नेपाल स्टार एक्सपर्ट अफ द डे घोषणा”गरिरु. १० हजार नगद र ट्रफी प्रदान गरिने भएको छ । यसले सम्पुर्ण कार्यक्रको शोभा वढाउनुको साथसाथै प्रतिभाको कदर समेत विशेषरुपमा हुनेछ । वृज सिमेन्टको तर्फवाट वृज सिमेन्ट एक्सपर्ट च्वाइस नेपाल स्टार एक्सपर्ट अफ द डे घोषणा नै यस कार्यक्रमको एक महत्वपुर्ण विधाहो यसको लागि वृज सिमेन्ट प्रति हामी अत्यन्त आभारी छौं साथै एक सहभागिताको लागि यो एक अमुल्य पुरस्कार हुनेमा हामी विश्वस्त छौ निर्णायक रामकृष्ण ढकालले भने । “वृज सिमेन्ट एक्सपर्ट च्वाइस नेपाल स्टार एक्सपर्ट अफ द डे घोषणा” को यो युनिट खडा गरि जुन प्रकारले वृज सिमेन्टले नेपाल स्टार हामी निर्णायकहरुलाई र अझ अगाडि भन्दाहाम्रा १० प्रतिस्पर्धीहरुलाई एउटा एक्सपर्ट वन्ने र वनाउने मौका र अवसर दिएको छ, उनीहरुको गला र सिमेन्टको पकड एकै जस्तो भएर अगाडि वढे अझ राम्रोे हुने र यस किसिमको अमुल्य साथको लागि वृज सिमेन्टप्रति हामी सम्पुर्ण आभारी रहने छौै अन्जु पन्तले भने ।

नेपालमा नेपालीगीत संगीतप्रति समर्पित एउटा छुटटै कार्यक्रम जसले यसलाई नेपालमै ठुलो वनाओस र निरन्तर प्रशारणको लागि तयार रहोस यस किसिमको कार्यक्रम निर्माणको लागि वारम्वार वृज सिमेन्टका प्रवन्ध निर्देशक मनोज केडियावाट माग भएकोले सोही वमोजिम करीव ७ वर्षको प्रयत्नपछि यो नेपाल स्टार वनाउन हामी सफल भएका हौं । निरन्तरको प्रयास र हाम्राअ ादरणीय प्रायोजकको सहयोगवाट आज हामी नेपालको आफनै सांगितिक कार्यक्रम नेपाल स्टार मार्फत नेपालको स्टार जन्माउदैछौ पक्कै पनि यसले नेपाली कला संस्कृति र संगीतको उजागर गर्नेमा म विश्वस्त रहेको कुरा कि एडभरटाईजिङ्ग सर्भिस प्रा.लि.का प्रवन्ध निर्देशक रविन्द्र कुमार रिजाल (शशी) ले बताए ।

कार्यक्रममावृज सिमेन्ट इण्डष्ट्रीज प्रा.लि.का प्रवन्ध निर्देशक मनोज केडिया, नेपाल स्टारका तीन जना निर्णायक क्रमशः रामकृष्ण ढकाल, आलोक श्री र अन्जु पन्त र अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।