neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • संयुक्त राष्ट्रसंघद्वारा भ्रष्टाचारको विरोध नागरिकस्तरबाटै गर्न आग्रह

संयुक्त राष्ट्रसंघद्वारा भ्रष्टाचारको विरोध नागरिकस्तरबाटै गर्न आग्रह

Dec 8th, 2020

काठमाडौ, मंसिर २३

संयुक्त राष्ट्रसंघको भ्रष्टाचार विरुद्धको महासन्धि सदस्य राष्ट्रहरूद्वारा अनुमोदन गर्न सन् २००३ डिसेम्बर ९ मा खुल्ला गरिएको थियो । त्यसैबेलादेखि डिसेम्बर ९ लाई भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाइने गरिएको छ । यस दिवसमा विश्वभर सरकारी र नागरिक संघ–संस्थाहरूको संलग्नतामा भ्रष्टाचार नियन्त्रण र सदाचार प्रवद्र्धनसँग सम्बन्धित विभिन्न कार्यहरू गरिँदै आएको छ । यस वर्ष भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा संयुक्त राष्ट्रसंघद्वारा आफ्ना सदस्य राष्ट्रहरूलाई महासन्धि अनुमोदन गर्न, महासन्धिका प्रावधानहरू बमोजिम राष्ट्रका ऐन–कानूनहरू अध्यावधिक गर्न र भ्रष्टाचार विरुद्धको कारवाहीमा अन्तर्राष्ट्रिय समन्वय बढाउन अपिल गरिएको छ ।

हाल सम्पूर्ण विश्व नै कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट आतंकित भइरहेको सन्र्दभमा यो महामारी यथाशिघ्र नियन्त्रण गर्न अपइनाइने विधि र प्रक्रियामा भ्रष्टाचारको सम्भावना न्यून गर्दै सदाचारका प्रयास बढाउन जरुरी भएको अपिलमा जनाइएको छ । कोभिड–१९ नियन्त्रण कार्य थप सशक्त र समन्वयात्मक बनाउन, महामारीसम्बन्धी सामग्रीको खरिदमा पूर्ण पारदर्शिता अपनाउन, हुने र भैरहेको कार्यमा पर्याप्त अनुगमन र सुपरीवेक्षण गर्न, सरकारी सूचना एवं विवरणमा नागरिकको सहज पहुँच बढाउन तथा नागरिक अभियन्ता र पत्रकारको सुरक्षा गर्न पनि सरकारलाई अपिल गरिएको छ ।

बिगत २५ वर्षदेखि भ्रष्टाचार न्यूनीकरण र सदाचार प्रवद्र्धनका लागि अनवरतरुपमा नागरिकस्तरबाट सक्रिय रहेको ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल यस दिवसका अवसरमा संयुक्त राष्ट्र संघीय महासन्धिका प्रावधान बमोजिम नेपाली ऐन–कानूनमा आवश्यक सुधार र थप नयाँ कानूनको निर्माणतर्फ यथाशिघ्र आवश्यक कदम चाल्न तथा कोभिड–१९ सम्बन्धी सरकारी कार्यहरू थप पारदर्शी एवं प्रभावकारी र चुस्त बनाउँदै भ्रष्टाचारको सम्भावना न्यून गर्न सरकारलाई अनुरोध गर्दछ । साथै, ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपाल आम सचेत नागरिकलाई पनि महासन्धि कार्यान्वयन हुने वातावरण बनाउन सरकारलाई दवाब दिन, भ्रष्टाचार रोक्ने मुख्य जिम्मेवारी सरकारको हो भन्ने कुरामा सचेत रहन, भ्रष्टाचार नियन्त्रणमा युवाको संलग्नता बढाउन, शिक्षा र स्वास्थ्यजस्ता अति संवेदनशील क्षेत्रलाई भ्रष्टाचारबाट जोगाउन र भ्रष्टाचारलाई उजागर गर्न अपिल गर्दछ ।

हालै सार्वजनिक भएको प्रतिवेदनले नेपालमा भ्रष्टाचार बढ्दो क्रममा रहेको र सरकारी भ्रष्टाचार नै प्रमुख समस्या रहेको भन्नेजस्ता तथ्यांक उल्लेख गरेको छ । यस परिप्रेक्ष्यमा यस दिवसका अवसरमा भ्रष्टाचार विरुद्ध नागरिक सचेतना बढाउन, भ्रष्टाचार भनेको नियमित प्रक्रिया होइन भन्ने अवधारणा व्यक्ति र समाजमा अभिवृद्धि गर्न र जनचाहना बमोजिम सुशासन कायम गर्न नेपाल सरकार थप क्रियाशील रहोस् भनी टीआई नेपाल आग्रह गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi