neapl investment mega bank

नेप्से नौ अंकले घट्यो

Dec 8th, 2020

काठमाडौ, मंसिर २३

नेप्से आज मंगलबार नौ दसमलव चार अंकले घटेर १९ सय ९५ दसमलव ३५ अंकमा झरेको छ । सेन्सिटिभ पनि आज दुुई दसमलव ५९ अंकले घटेर तीन सय ८० दसमलव १८ अंकमा झरेको छ । नेप्सेमा आज दुुई सय दुुई वटा कम्पनीहरुको ४८ हजार आठ सय एक पटकको कारोवारमा एक करोड २५ लाख ६६ हजार नौ सय ६१ कित्ता सेयर किनबेच भएकाछन भने कुुल कारोवार रकम पाँच अर्ब ७१ करोड ९४ लाख ३६ हजार तीन सय ८४ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार हुंदा जलबिद्युुत र सामुुहिक लगानी कोष समुहको सुचक बढेकाछन भने बाँकी समुहको सुचक घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दसमलव ६९ अंकले घटेर १४ सय ५७ दसमलव ९१ अंकमा झर्दा बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र लघुुबित्त समुहको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा नारायणी डेभलपमेन्ट बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज पनि नेपाल पुर्नबीमा कम्पनी परेको छ ।