neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाली सेनाबाट हाटबजार ट्रष्टघर हस्तान्तरण

नेपाली सेनाबाट हाटबजार ट्रष्टघर हस्तान्तरण

Dec 8th, 2020

काठमाडौं, मंसिर २३

नेपाली सेनाको सामाजिक-आर्थिक विकासका पुर्वाधार निर्माण कार्यक्रम अन्तरगत सैनिक नागरिक सम्बन्धलाई थप प्रभावकारी बनाउने क्रममा श्री गरुडदल गणद्वारा रुपन्देही जिल्लाको मर्चवारी गा.पा.५ महुवारी ईलाकामा व्यवस्थित हाट बजारको लागि निर्मित ट्रष्टघर श्री नं.२२ बाहिनी अड्डाको बाहिनी अड्डाका बाहिनीपति सुदर्शन सिलवालले यही मंसिर २१ गते गाउँपालिका अध्यक्ष केशव नन्द बाँनियालाई हस्तान्तरण गरेकाछन । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, गाउँपालिका अध्यक्ष, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, जनप्रतिनिधिहरु, स्थानिय सर्बसाधारण एवम पत्रकार गरि करिव ६० जनाको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रमको दौरान उल्लेखित ट्रष्टघर निर्माण कार्यमा सहयोग पुर्याीउनु हुने मर्चवारी गाउँपालिकाका अध्यक्ष, वडा नं.५ का वडा अध्यक्ष, गाउँपालिका कार्यालय र वडा नं.५ कार्यालयलाई प्रशंसापत्र समेत प्रदान गरिएको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गाउँपालिका अध्यक्ष बाँनियाले नेपाली सेनाको यस प्रकारको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दे आगामी दिनहरुमा समेत यस्तै सहयोग र सहकार्यको अपेक्षा समेत रहेको धारणा व्यक्त गरेका थिए ।

उक्त निर्माणबाट करिब ४,००० स्थानीय व्यक्ति लाभान्वित हुने अपेक्षा गरिएको छ । नेपाली सेना सिमित साधन स्रोतको बाबजुद स्थानीय जनताको आवश्यकता पुरा गर्न सदैव प्रयत्न शिल रहेको छ ।