neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • अग्रता जोगाउन नसक्दा ब्राइटोन साउथह्याम्टनसँग पराजित

अग्रता जोगाउन नसक्दा ब्राइटोन साउथह्याम्टनसँग पराजित

Dec 8th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २३ मङ्सिर

इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्टनले ब्राइटोनलाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा साउथह्याम्टनले ब्राइटोनलाई २-१ गोलले पराजित गर्दै प्रिमियर लिग फुटबलको पाँचौ स्थानमा उक्लिएको हो ।

साउथह्याम्टनलाई जित दिलाउन जानिक भेस्टरगाड र ड्यानी ईग्सले एक-एक गोल गरे ।ब्राइटोनका पास्कल ग्रबले एक गोल फर्काए ।

खेलमा पहिलो अग्रता ब्राइटोलेनै लिएको थियो। खेलको २६ औं मिनेटमा पास्कल ग्रबले पेनाल्टीमा गोल गर्दै ब्राइटोनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, पहिलो हाफको अन्तिम मिनेटमा साउथह्याम्टनका जानिक भेस्टरगाडले गोल गर्दै खेल बराबरीमा फर्काए ।

दोस्रो हाफको ८१ औं मिनेटमा ड्यानी ईग्सले पेनाल्टीमा गोल गर्दै साउथह्याम्टनको अग्रता दोब्बर पारे । त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र साउथह्याम्टनले जित निकालेको हो ।

जितसँगै साउथह्याम्टनले ११ खेलबाट २० अंक जोडेको छ र पाँचौ स्थानमा उक्लिएको छ। पराजित ब्राइटोनको १० अंक छ र १६ औं स्थानमा छ ।एसी मिलानले दोस्रो स्थानको इन्टर मिलानसँग ५ अंकको अग्रता बनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi