neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सिंगापुर पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ

सिंगापुर पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ

Dec 7th, 2020

काठमाडौ, मंसिर २२

सिंगापुर पठाईदिन्छु भनि रकम ठगी गर्ने व्यक्ति पक्राउ परेकाछन । महानगरीय अपराध महाशाखा मिनभवनले ठगी कार्यमा संलग्न रहेको अभियोगका आधारमा सुनसरीको धरान उ.म.न.पा. वडा नं. ०४ बुद्धचोक घर भई हाल काठमाडौ महानगरपालिका वडा नम्वर ९ सिनामंगल बस्ने जनोज लामिछाने भन्ने विशाल दर्जीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार दर्जीले सिंगापुर पठाईदिन्छु भनि बिभिन्न प्रलोभनमा पारी विश्वास दिलाई तीन लाख ३१ हजार नौ सय रुपैयाँ लिई ठगी गरी सम्पर्क विहीन भई फरार रहेको भनि रमिला श्रेष्ठले यस कार्यालयमा जाहेरी दिएकोमा कार्यालयबाट खटिएको प्रहरी टोलीले निजलाई खोजतलास गर्ने क्रममा यही मंसिर २१ गते आईतबार दिउँसो अ.१५ः३० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं.०९ सिनामंगल, एयरपोर्टबाट पक्राउ गरी मंसिर २२ गते अर्थात आज सोमबार महानगरीय प्रहरी परिसर,काठमाण्डौमा आवश्याक अनुसन्धान तथा कारवाहीको पठाईएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi