neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा पक्राउ

अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा पक्राउ

Dec 7th, 2020

सुर्खेत, २२ मङ्सिर

वीरेन्द्रनगर नगरपालिका-७ स्थित लोक सेवा आयोगको कार्यालय सुर्खेतबाट लिएको प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा २ जना आइतबार दिउँसो पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा बर्दिया ठाकुरद्वार नगरपालिका-३ बस्ने निशा रावत र दैलेख भगवती माई गाउँपालिका-३ बस्ने २० वर्षीय सुरेन्द्र बिक रहेका छन् ।

बर्दिया ठाकुरद्वार नगरपालिका-३ बस्ने कृष्ण रावतको नामबाट उनकै बहिनी निशा र जाजरकोट छेडागाड नगरपालिका-२ बस्ने धन बहादुर रावतको नामबाट सुरेन्द्रले परीक्षा दिईरहेको अवस्थामा फेला परेको उक्त कार्यालयबाट जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi