neapl investment mega bank
  • गृहपृष्ठ
  • सिभिल बैंकको एक्सटेन्सन काउन्टर अब यातायात ब्यवस्था कार्यालय एकान्तकुनामा

सिभिल बैंकको एक्सटेन्सन काउन्टर अब यातायात ब्यवस्था कार्यालय एकान्तकुनामा

Dec 7th, 2020

काठमाडौ, मंसिर २२

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले यातायात ब्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, एकान्तकुना, ललितपुरमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । अब ललितपुरको एकान्तकुनस्थित यातायात ब्यवस्था कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्पmत सजिलै संग भुक्तनी गर्न सक्नेछन ।

करीव पाँच लाख भन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ३ एक्सटेन्सन काउन्टर (यस एक्सटेन्सन काउन्टर सहित) मार्पmत सेवा प्रदान गरीरहेको सिभिलले करिब ७० अर्व भन्दा बढी निक्षेप परिचालन गरी ६१ अर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी गरिसकेको जानकारी दिएको छ ।