neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • टोटनह्याम इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

टोटनह्याम इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा

Dec 7th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २२ मङ्सिर

इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा टोटनह्यामले आर्सनललाई २-० गोलले पराजित गर्दै प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको हो ।

टोटनह्यामलाई जित दिलाउन सन ह्युन मिन र ह्यारी केनले एक-एक गोल गरे ।टोटनह्यामले दुबै गोल पहिलो हाफमा गरेको हो ।

खेलको १३ औं मिनेटमा सन ह्युन मिनले केनको पासमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।त्यसपछि पहिलो हाफको इन्जुरी समयमा ह्यारी केनले गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

जितसँगै टोटनह्यामले ११ खेलबाट २४ अंक जोडेको छ र शीर्ष स्थानमा उक्लिएको छ। पराजित आर्सनलको १३ अंक छ र १५ औं स्थानमा छ ।दोस्रो स्थानको लिभरपुलको पनि ११ खेलबाट २४ छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi