neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • एसी मिलानको सहज जित,दोस्रो स्थानको इन्टर मिलानसँग ५ अंकको अग्रता

एसी मिलानको सहज जित,दोस्रो स्थानको इन्टर मिलानसँग ५ अंकको अग्रता

Dec 7th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २२ मङ्सिर

इटालियन सिरि ए फुटबलमा एसी मिलानले सहज जित निकालेको छ। आइतबार राति भएको खेलमा मिलानले सम्पादोरियालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

मिलानलाई जित दिलाउन फ्र्याक केसी र सामू क्यास्टिलेजोले एक-एक गोल गरे ।सम्पादोरियाका अल्बिन एक्दालले एक गोल फर्काए ।

खेलको ४५ औं मिनेटमा फ्र्याक केसीले पेनाल्टीमा गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ७७ औं मिनेटमा सामू क्यास्टिलेजोले गोल गर्दै मिलानको अग्रता दोब्बर पारे ।८२ औं मिनेटमा सम्पादोरियाका अल्बिन एक्दालले एक गोल फर्काएका थिए । त्यसपछि कुनै गोल हुन सकेन र मिलानले जित निकालेको हो ।

जितसँगै एसी मिलानले १० खेलबाट २६ अंक जोडेको छ र शीर्ष स्थानमा छ। पराजित सम्पादोरियाको ११ अंक छ र ११ औं स्थानमा छ ।एसी मिलानले दोस्रो स्थानको इन्टर मिलानसँग ५ अंकको अग्रता बनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi