neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

ब्यबस्था होईन नेता बदल्न जरुरी छ

Dec 6th, 2020

-जयराज पौडेल

काठमाडौ, मंसिर २१

राजदरबार हत्याकाण्ड कसले गरायो ? यो प्रश्न अहिलेसम्म पनि अनुत्तरित नै रहेको छ । तत्कालिन राजा बिरेन्द्रको सम्पुर्ण परिवार बिनास भए तर पुर्ब राजा ज्ञानेन्द्रका कोहि कसैलाई केही भएन । छानबिन आयोगले हत्याकाण्डको दोष युवराज दिपेन्द्रलाई लगायो, जो आफै मृत्युका मुखमा थिए । दिपेन्द्रलाई मृत्यु र जीवनको दोशाँधको अवस्थामै राजा बनाईएको नाटक गरियो । दिपेन्द्रले दरबार हत्याकाण्ड गराएका हुन् भनी कोहि जनताले पत्याएका छैनन् । जनतामा शंका ज्ञानेन्द्रप्रति छ , जो पछि राजा नि भए र त्यत्रो हत्याकाण्डमा उनको परिवारका कसैलाई केही पनि भएन ।

२०५९ मा ज्ञानेन्द्रले प्रधानमन्त्रिलाई हटाई प्रजातन्त्र नै धरापमा पारे । आफैले सत्ता समाल्ने दुशाहस गरे । फलस्वरुप २०६३ मा उनको कारण देशमा गणतन्त्र स्थापना भयो । उनकै अलोकप्रियताको कारण राजतन्त्र पनि फालियो, देशमा लोकतान्त्रीक गणतन्त्रको उदय भयो । राजाका वरिपरि बसेर फाईदा लिने अवसरवादीहरुको दिन सकिए । तर पनि उनिहरुले केही गर्न नपाएर राजाको नाममा राजनीति गर्न चाहिँ छोडेनन् । तर जनताले राजावादीहरुलाई अस्विकार गरिदिए ।

राजालाई अस्विकार गरिदिएपनि उनिहरु हिन्दुराज्यको नाउमा हिलो पानिमा माछा मार्न थालेका छन् । संगै देशको ऐतिहासिक उपलब्धी संघियताको बिरोधमा युवाबर्गलाई भड्काउदैछन् । हिन्दु राज्य नेपाललाई धर्म निरपेक्ष घोषणा भयो । यसले हिन्दु धर्मलाई कुनै असर गरेकै छैन । हिजो जसरी हिन्दु धर्मका क्रियाकलाप गर्न पाईन्थ्यो आज नि सब त्यही अनुसार गर्न पाईन्छ । हिन्दु धर्मको कुनै पहिचान मेटिएको छैन । देशले कुनै धर्मको अथवा आस्थाको पक्ष नलिएको मात्र हो । धर्मको नाम संगै देशको नामलाई नजोडेको मात्र हो । तर यसलाई अबसरबादिहरुले धमिलो पानिमा माछा मार्ने हेतुले धर्मको अफवाह फैलाउदैछन् । जनतालाई धर्मको नाउमा भड्काउदैछन् । आज पनि हिन्दु धर्मको स्थानमा कुनै असर परेको छैन ।

पञ्चायती ब्यबस्था होस वा प्रजातन्त्रको बेला देशमा हरेक कृयाकलापहरु केन्द्रकृत भए , बिकास अनि हरेक अबसरहरु केन्द्रमा मात्र भए । राजधानि तथा शहरभन्दा टाढा बस्नेहरु उपेक्षित भए । न अवसर पाए न त सम्मान पाए उनिहरुले । देशको कुना काप्चामा हरेक ठाउमा बिकास अनि अवसर पुर्याउनको लागि संघियता आएको हो । हाम्रो जस्तो गरिब तथा सानो देशले संघियताको भार धान्न सक्दैन कि भन्ने पनि छ । संघियता लागू भए अनुसार कार्यान्वयन राम्रो संग हुने हो भने खर्च भन्दा बढि उपलब्धि हुनेछ । त्यस्तै देश सानो भए पनि भौगोलिक अबस्थाको कारण बिकास बिकेन्द्रिकरण गर्नु जरुरी छ ।

देशमा गणतन्त्र पनि आयो, संघियता पनि आयो, हामिले उत्कृष्ट संविधान पनि पायौं। तर असल नेता पाएनाैँ। नेता उहि पुरानै ढर्राका, राजा संगै पञ्चायती बेबस्था देखि हसुर्न पल्केकाहरुनै राजनीतिको केन्द्रमा आए । न त संबिधानको परिपालन गरे न त देश र जनताको लागि काम गरे । आफ्नै अनि आफ्नाका भुंडी भर्न तर्फ मात्र लागिपरे । जनतामा संघिय गणतन्त्रको कुनै आभास हुन दिएनन् । सत्ता र पदको लागि उही पुरानै शैलीमा हानथाप । देशको र जनताको लागि कुनै त्याग छैन, खालि आफ्नै लागि मात्र भए पुग्छ ।

जनता पुरै निरास भएका छन् । सरकार प्रति आक्रोसित भएका छन् जनता । जनतामा यौटा भ्रम पैदा भएको छ , गणतन्त्रले गर्दा पो देश नराम्रो दिशा तर्फ गईरहेको पो हो कि भनेर ?

यहि बेलामा राजाका नाममा खाई पचाएका तथा खान पल्केकाहरु जनतालाई भड्काएर जनतामा भएको नैराश्यतालाई क्याच गरेर नारा जुलुसमा उत्रेका छन्, केही युवाहरुलाई परिचालित गर्न सफल भएका पनि छन् ।

सबै जनता तथा युवाहरुले यो बुझ्नु जरुरि छ अब हामी फेरि देश पछाडि फर्कने होईन, ब्यबस्था बिरुद्ध हैन, यी अहिलेका भ्रष्ट तथा असफल नेता बिरुद्ध लाग्नु जरुरी छ, संघिय गणतन्त्र आफैमा उत्कृष्ट ब्यवस्था हो । यी भ्रष्ट नेतालाई हटाउनु जरुरी रहेको छ । युवा नेताले देश हाक्ने अबसर पाउनु पर्छ । जसले देश तथा जनतालाई कुठाराघात गर्छ, त्यस्तालाई तुरुन्त कार्बाहि गर्ने सामर्थ्य राख्नुपर्छ जनताले ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi