neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

नाटक वीररुपा प्रदर्शन

Dec 6th, 2020

काठमाडौ, मंसिर २१

महिला हिंसा विरुद्धको १६ दिने अभियानको शिलशिलामा काठमाण्डौमा महिला, शान्ति सुरक्षाका सवालमा केन्द्रीत एक नाटक वीररुपा प्रदर्शन गरिएको छ । नाटकले समाजमा व्याप्त महिला हिंसाका घटनाहरुलाई विभिन्न चार पात्रको जीवन भोगाइ मार्फत प्रस्तुत गरेको छ । नाटकमा महिला हिंसा अन्त्य गर्न तथा लैगीक समानता कायम गर्नका लागि नितिगत सुधार भएपनि कार्यन्वयनको पक्ष कमजोर रहेको यर्थाथता प्रस्तुत गरीएको छ । नाटकका निर्देशक राजन खतिवडा नाटक महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहदा सरोकारवालाहरुलाई थप संवेदनशिल बनाउने र यसैका माध्यमबाट महिला अधिकारको वकालत गर्ने उद्धेश्यबाट प्रेरीत भएको बताउनुहुन्छ ।

नाटकमा १२ जना थिएटर कलाकाहरुको अभिनय रहेको थियो । संघिय संसद तथा प्रदेश सभाका सांसदहरु, अभियन्ता, रंगकर्मि तथा सञ्चारकर्मि सहित चार सय भन्दा वढीले अनलाइनमा उक्त नाटक अवलोकन गरेका छन् । अनलाईन मार्फत प्रदर्शन गरिएको नाटक हेरीसकेपछि संघिय संसदका सदस्य गगन कुमार थापाले नाटक यर्थाथमा आधारीत भएको धारणा राख्नुभयो । लैंगीक समनताका लागि पछिल्लो समय केहि आशा लाग्दा प्रयासहरु सुरु भएको उल्लेख गर्दै नेता थापाले यस्ता कार्यक्रमहरु निति निर्माताहरुलाई खवरदारीका लागि महत्वपुर्ण सावित हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमका सहभागीहरुले यस्ता चेतनामुलक नाटकहरु एउटा कार्यक्रममा सिमित नगरी देशका विभिन्न क्षेत्रमा निरन्तर प्रदर्शनको आवश्यकतामा जोड दिनुभएको छ ।

कार्यक्रम यूएनडिपिको संसद सहयोग परियोजनाको सहयोग र स्पेस तथा मण्डला थिएटरको संयुक्त आयोजनामा मंसिर २० गते सम्पन्न भएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi