neapl investment mega bank
  • गृहपृष्ठ
  • चितवनमा राजसंस्था पूनस्र्थापनाको माग गर्दे विशाल र्याली

चितवनमा राजसंस्था पूनस्र्थापनाको माग गर्दे विशाल र्याली

Dec 6th, 2020

चितवन, मंसिर २१

राजसंस्था पूनस्र्थापनाको माग गर्दै चितवनमा विशाल र्याली सम्पन्न भएको छ । राष्ट्रवादी चितवन समाजको आयोजनामा शनिबार सम्पन्न कार्यक्रममा ‘राजा ल्याउ, देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भन्ने नारा लगाउँदै राजसंस्थाको पक्षमा प्रदर्शन गरिएको थियो ।
भरतपुरको पारस बस पार्कबाट आरम्भ भएको र्याली नगरको मूल स्थानबाट अघि बढेको थियो । राजसंस्था र हिन्दु राष्ट्रको समर्थनमा स्वतःस्फूर्त उर्लिएको विशाल प्रर्दशनमा १५ हजारभन्दा अधिक जनसहभागिता रहेको थियो ।

राष्ट्रिय झण्डा बोकका युवाहरुले राजतन्त्रको पक्ष र गणतन्त्रको विपक्षमा चर्को नाराबाजी गरेका थिए । हिन्दु राष्ट्रको पनि माग गरेका थिए । गणतन्त्रमा तीन तहका पार्टीका नेताहरु मोटाएको, जनताले दुःख बाहेक केही नपाएको सहभागीहरुको धारणा थियो । आयोजक समितिका संयोजक विपिन तन्डुकारले भने अनुसार भ्रष्टाचार, लुटतन्त्र र स्वेच्छाचारी शासनबाट वाक्क भएका नेपालीहरुले प्रजातान्त्रिक शासन खोजेका छन्, राजसंस्था चाहेका छन् ।

र्यालीमा स्वतन्त्र युवालगायत राप्रपाका कार्यकर्ता, शाही शक्ति नेपाल, बीर गोर्खालीका अभियन्ताहरु सक्रिय थिए । र्यालीमा नेपाली कांग्रेस, नेकाका युवाहरु, बुद्धिजीवीहरु पनि सहभागी थिए ।